आफैलाइ कसरी झुक्क्याउ, भन न

दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न

तिमि बाधीयौ बिवसता को घेरा मा, थाहा भो
कसरी अब म फूकाऊ, भन न
झल्किन्छ आखा मा तिम्रै लागी माया
कसरी छोपेर लुकाउ, भन न

रुन्छ मन घरी घरी, कुरा खेल्छन नाना थरी
कसरी अब आफै लाइ फकाऊ, भन न
दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न

तिम्रो नाता अरु संग, सोच्दा नै अजीब लाग्छ
अब कसरी यो मन बुझाऊ,भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “आफैलाइ कसरी झुक्क्याउ, भन न”

  1. होइन गज़ल भनेर कमसेकम अलि गज़ल
    होइन गज़ल भनेर कमसेकम अलि गज़ल जस्तो पोस्ट गर्नुहोस् न मित्र … नत्र कविता वा अन्य केहि भनेर पोष्ट गर्दा पनि हुन्छ … !

  2. यो त गजल भएन जस्तो लाग्यो
    यो त गजल भएन जस्तो लाग्यो मलाइ पनि ।

  3. मझेरी लाई नै..
    मझेरी लाई नै झुक्याए जस्तो छ गज़ल भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *