Skip to content

अजीव अजीव प्रश्न गर्छ जिन्दगी


अजीव अजीव प्रश्न गर्छ जिन्दगी
जवाफ खोज्दा नि नहुने, नखोज्दा नि नहुने
सही र गलत को भुमरीमा रुमलिएर
निसासिदै छ मेरो जिंदगी

कहिले तिमी सताउछौ, कहिले जिन्दगीले रुवाउछ
म आफै पागल हुदै छू जस्तो लाग्छ
कतै एकान्तमा बसौ भने नि
यो टेलिफोन को घन्टीले सताउछ
थाहा छैन, के चाहन्छ यो जिन्दगी

म रमाउन खोज्छु तिम्रो खुशीमा
खै किन सक्दिन
दुनियासँग जुधने हिम्मत गर्छु
त्यों पनि सक्दिन
कहा गएर बिसाऊ यो आगो
यो जलन, यो पीडा

म हैरान भए, यो जिन्दगी देखेर
यो बारम्बारको सास्ती
आजित भए म तिमीसित पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *