anup kapali
न बस भन्न सके , न भन्न सके जाउ भनेर
न बस भन्न सके , न भन्न सके जाउ भनेर
न अंगालो मा बाध्न सके , न भन्न सके नजिक आउ भनेर
के गति बनाइ दीयौ प्रिये ,
न सक्छु सपनी मा हराउ भनेर , न बिछोड को डर ले डराउ भनेर
हात छोड्ने आँट त थिएन, तै पनि भन्न सकिना यी हात समाउ भनेर
तिमीलाई नि पिडा होला , मेरो नि येस्तै येस्तै छ ,
सम्भव रहेन अब संगै रमाउ भनेर
फर्किन्न ति दिनहरु प्रिये , चाहे जति रोए अनि कराउ भनेर
मिलन त हुन्न हाम्रो अब , बिबस छु प्रिये .. बुझ न
भन्न नि सकिन , अरु कसैलाइ मनपराउ भनेर
एउटा सरल प्रस्न
एउटा सरल प्रस्न नै त थियो
उत्तरै उत्तर मा उल्झियो जिन्दगि
हिड्ने बाटो मा अड्चन त थिएन
खै कुन्नि के मा अल्झियो जिन्दगि
दिन पनि मेरो , साँझ पनि मेरो , अनि रात पनि मेरै
तै पनि लाग्छ … हरपल किन अन्धेरै जिन्दगि
रमझम , रमाइलो , आनन्द अनि सुकुन पनि
खै बुझ्नै गारो भो … किन थाक्यो यो जिन्दगि
एउटा सरल प्रस्न नै त थियो तर
उत्तरै उत्तर मा उल्झियो जिन्दगि
@ňőőÞ
म कस्तो ?
झुक्क्याउने तिम्रो बानि … मलाई राम्ररी थाहा छ
तैपनि घरि घरि झुक्किने …. म कस्तो ?
तर्किने तिम्रो बानि …. त्यो पनि थाहा छ
तैपनि घरि घरि फर्किने … म कस्तो ?
चिसो रात अनि यो असिना ……
मुटु कामेर थर थर हुदा सम्म पनि …
दोबाटो मा तिमीलाई पर्खिने …. म कस्तो ?
अनमोल छ यो माया को कोसेली …..
तिम्रो लागि त होला सस्तो …… थाहा छ !
… तैपनि घरि घरि तिमीलाई नै माया टक्र्याउने
म कस्तो ? म कस्तो ? म कस्तो?
@ňőőÞ
सायद
अब मदेखि उनको मन पनि भरे जस्तो छ
त्यसैले होला हिजो आज आँखा पनि तरे जस्तो छ
साथ दिने भीडबाट अब
मेरो माया अलि पर सरे जस्तो छ
दिन सकिन उनले चाहे जति, त्यसैले
अब उनलाई अरु नै कोही मन परे जस्तो छ
रमाउन अर्कै साथी पाएर होला सायद
मेरो माया बदनाम गरे जस्तो छ
अब मदेखि उनको मन पनि भरे भरे जस्तो छ
त्यसैले होला हिजो आज आँखा पनि तरे तरे जस्तो छ
गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले
त्यसरी लजाएर नहेर मलाई, नसा लाग्छ तिम्रो हेराइले
फेरि भाउजु नमस्ते भन्ला भोलिदेखि तिमीलाई मेरो भाइले
तिमी मसक्क मसक्क मस्किन्छौ सबले चाल पाइसके
गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले
नकल पार्न सिपालु छ्यौ रे किरिम पाउडर लगाई
त्यस्तो गर्नु राम्रो हैन के के भन्छन पराइले
यस्तै ताल भए भने त अन्तैतिर लाग्दा बेस
भ्याउला जस्तो लागेन मेरो कमाइले
तिम्रो याद निको नहुने घाउ भएछ
तिम्रो याद निको नहुने घाउ भएछ
भुल्न खोजेँ धेरै चोट अँझै बढ्दै गएछ
तिमीलाई रोजिसकेँ अरुलाई रोज्नै सकिन
तिम्रै साथ त मागेथेँ तिम्रै साथ पाउन सकिन
आफैँलाई आफैँले … प्रश्न धेरै गर्दै छ
म किन बाँच्दै छु … जीवनको अर्थ खोज्दै छ
तिमीलाई सुम्पिसकेको जीवन .. यसको कुनै अर्थै रहेन
तिमीलाई मात्रै चाहेथेँ … अरु कसैलाई पनि चाहिन ..
तिम्रो याद …
- « Previous
- 1
- 2
- 3
- Next »
