नेपाली क्रिकेट टिम


हो, नेपाली हुनुमा गर्व छ
पसिनामा पूर्खा को पौरख छ
जितने आदत हुदै छ बिस्तारै
सारा नेपालीलाई यसैमा गौरब छ

हो, हेर्दा हामी फुच्चे जस्तै
तैपनि बल पहाड़ झै छ
पछि नहटने बाचा गरेर आयौ
त्यसैले सहास आकाश झै छ

हुरी बतास छेकने बानी
सानै देखि सिकेको
पछि नहटी लड़ने बानी
सानै देखि सिकेको
त्यसैले हरेक को छाती
चट्टान झै छ

हो, हामी नेपाली हो, हामी गोरखाली
टीका थापेर आयोऊ सारा नेपाली को
आयो गोरखाली भन्दै, लानु छ शान उचाली

आयो गोरखाली, आयो नेपाली
शुभकमाना भन्दै, यो अनूप कपाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *