त्यों चन्द्रमा अनी तारा छुने रहर छ


त्यो चन्द्रमा अनि तारा छुने रहर छ
चाहियो कोही प्रत्येक पाइलामा साथ दिने
प्रहार त आउछ अजीव अजीव हरपल मलाई
चाहियो कोही लडन खोज्दा आफ्नो हात दिने
ख़ुशी हुदा सबै छन, दुःखमा पनि साथ छ,
कहिलेकाहीं डगमगाउछ कदम,
कहिले आफैसँगको हार छ
हारेको जिंदगीमा पनि अजीव एउटा आश छ
चाहियो कोही मेरो लागि संसारलाई माथ दिने
सोचे जस्तो त हुन्न कहिले पनि,
जे हुन्छ त्यों सोचिन्न पनि
कहिले आकस्मिक ख़ुशी
अनि कहिले बेकारको सास्ती
दुःख नि यतै छ ख़ुशी पनि आसपास छ
चाहियो कोहीसँगै बसेर आड दिने
चाहियो कोही लडन खोज्दा हात दिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *