तिम्रो माया नलागेको हैन
सँगै जिउन नचाहेको हैन
बिवशता अनौठो थियो तिम्रो मेरो
बाध्यता खै कस्तो थियो तिम्रो र मेरो
सँगै हास्यौ रमायौ
सपना कै संसार भो ।
तिमी रोयौ म पनि रोए
सायद बराबर भो
गल्ती हजार छन, तिम्रो पनि मेरो पनि
इच्छा अपरम्पार छन, तिम्रो पनि मेरो पनि
समयको कुरा हो, अड़िएन हाम्रो लागि
एक अर्का को बोली नै दुवैलाई प्रहार भो
न तिमीले जित्यौ न मेरो हार भो
भाग्यलाई दोष कसरी दिनु
अलगिने जब बिचार भो
तिमीले बुझेनौ, मैले पनि बुझिन
सायद बराबर भो
रोक्न सक्ने भए समय
तिम्रै लागि रोक्थे
वास्ता गरिन मैले, र तिमीले पनि
यही नै बिछोडको आधार भो
ख़ुशी छौ होला, म पनि ठीकै छु
सायद बराबर भो ।
