Skip to content

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्

कहिले इनिहरु संग मातेर बस्छु
कहिले दुख र सुख साटेर बस्छु
दुख मा हुन्छु कहिले , कहिले रिस मा
तै पनि इनिहरु संग , सधै हासेर बस्छु

कहिले रिसाउछन् , कहिले हसाउछन
कहिले सम्झौछन , कहिले फसाउछन्

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्

एउटा भन्छ , त्यो केटि त क्या च्वाक छ
अर्को भन्छ , तेरो भाउजु लाइ जिस्काउने , तेरो येत्रो आट छ ?
ओए हेर न , उ तेही मेरो काली हो.
अर्को भन्छ , तेस्तो न भन न यार
त्यो मेरो हुने वाला साली हो

कहिले भाग्छन , कहिले भागाउछन
कहिले रिस देखाउछन् , कहिले फकाउछन

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्

एउटा पागल छ प्रेम मा , एउटा NETWORKING GAME मा
एउटा छ जागिरे , अनि CREDIT जति सबै उसको NAME मा

कहिले काम बिगारछन् , कहिले बनाइदिन्छन
रिस उठेको त बालै हुदैन , छिनमै हसाइदिन्छन

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्
के गर्ने यार … मेरा येस्तै साथिहरु छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *