तिमीलाई जे जे गर्न मन लाग्छ गर !


तिमीलाई जे जे गर्न मन लाग्छ गर !
म हेरिरहन्छु
सके सहन्छु
नत्र भित्र भित्र मरिरहन्छु

यो नगर, त्यो नगर भन्दा
तिमीलाई नराम्रो लाग्दो होला,
तिमी आफ्नै धुन मा अघि बढ्नु
म प्रत्येक पाइला पछि सारिरहन्छु

तिमीलाई जे जे गर्नु छ गर
म हेरिरहन्छु

तिमीलाई जहाँ जहाँ जान मन लाग्छ छ जाउ!
म रोक्दिन
समझदार छौ, सबै थाहा छ तिमीलाई
तिमी आफ्नै बाटो लागि रहनु
म यसै गरी दुनिया भुलाई रहन्छु

तिमीलाई जे जे गर्नु छ गर !
म हेरिरहन्छु

तिमी आफ्नै जिन्दगीमा अडिरहनु
म तिम्रो संसार बाट येसैगरि बिलाउदै जान्छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *