Skip to content

मोदनाथ प्रश्रित

बुद्धि तामाङ र उत्तरआधुनिक आयाम

  • by

बुद्धि तामाङले पठाउनुभएको । ‘उत्तर आधुनिक आयाम र प्रशंसनीय दृष्टिकोण’ पुस्तकका विषयगत शीर्षकहरूले उत्सुकता जगाए । ‘उत्तर आधुनिकता’ पश्चिमी जगतमा पुरानिन लागे पनि नेपालका लागि नयाँ विषय बनेको छ । यसका व्याख्याताहरूका मतभेद र बाझाबाझ पत्रपत्रिकाहरूमा पढ्दै आएकोेले यस पुस्तकले त्यसबारे स्पष्ट धारणा व्यक्त गर्छ कि भन्ने आशा जाग्यो । विषय शिर्षक पढ्दै जाँदा यो कृति सकारात्मक र नकारात्मक सोचहरूको व्यापक निवेचनद्वारा मानिसमा सकारात्मक सोच विचार र प्रवृत्ति बढाउन सघाउने ध्येयले लेखिएको खुलासा हुँदै गयो । यस कृतिमा ‘उत्तर आधुनिकता’ शीर्षक परेपनि पूर्वेली, पश्चिमी सकारात्मक विचार र व्यवहारका विषयका साथै आदिम युगदेखि अहिलेसम्मका र सिङ्गो विश्वदेखि नेपालभित्रका विभिन्न समुदायका विचार र प्रवृत्ति कोट्याइएका रहेछन् ।

महाकवि देवकोटा र मार्क्सवाद

  • by

लक्ष्मीप्रसाद देवकोटा पण्डित परिवारमा जन्मेर धार्मिक वातावरणमा हुर्केका थिए । त्यसैले उनी युवावस्थाको पहिलो चरणसम्म ईश्वरवादी थिए, भाग्य र परलोकमा विश्वास गर्थे । उनका सुरुका कृतिहरूमा यत्रतत्र यी कुरा व्यक्त भएका छन् । उनको १९९० सालको नाटक ‘सावित्री सत्यवान्’ धार्मिक र ‘ईश्वरीय आस्थाको’ ज्वलन्त नमुना हो ।

चीन घुमेर फर्किने बेला

  • by

इतिहास, कला, संस्कृति र आर्थिक व्यवसायमा रुचि राख्ने नेपालीहरूका लागि चीन धेरै पहिलेदेखि नै आकर्षणको विषय रहेको हो । चिनियाँ मूलका जाति र भाषा हजारौँ वर्षअघिदेखि नेपालतिर प्रवेश गर्दैरहे । चीनमा बुद्ध दर्शनको प्रभाव ईपू दोस्रो शताब्दीदेखि सामान्य रूपमा पर्दै गएको थियो । स्रोङ्चन गम्पोले सातौँ शताब्दीमा तिब्बतको एकीकरण गर्ने सन्दर्भमा उनको विवाह नेपालकी छोरी भृकुटीसँग भएदेखि बौद्ध दर्शन तिब्बत हुँदै चीनभरि फैलियो । त्यो लहर कोरिया, जापान, भियतनाम आदिसम्म पुग्यो ।

नेपाल भूमिका गौरव महाकवि विद्यापति

  • by

नेपाली इतिहास र राजनीतिको प्रसड्ढ चल्दा काठमाडौंलाई र साहित्यको प्रसड्ढमा नेपाली भाषालाई मात्र सम्झने कमजोरी नेपाली बौद्धिक समुदायमा व्यापक छ । नेपाल एकीकरण हुँदाको अघि र पछि वर्तमान नेपालको भूभागभित्रका विभिन्न ठाउँमा राजनीति, दर्शन, शिक्षा, भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा निकै महत्त्वपूर्ण काम भएका थिए । ती सबै क्षेत्रतिर हाम्रो ध्यान पुग्न नसक्दा हामी आˆनै देशको इतिहासका अनेकौं गौरवमय पक्षबाट अवगत हुन सकिरहेका छैनौं । नेपालका सबै क्षेत्रको र सबै जाति-भाषा-संस्कृतिको इतिहास र वर्तमानको योगदानतिर अध्ययन गहिर्‍याएर राष्ट्रको ऐतिहासिक गरिमालाई प्रकाशमा ल्याउनु आवश्यक छ ।

जनसम्मानको शिखरमा महाकवि

  • by

जा त मान्छे बन वजनदार
विश्व थर्का, पृथ्वी चर्का
मृत्युको जुघा उखेल्
दैनिक गन्धेझार रोई-रोई नउखेल्
मानवलाई स्वाभिमान, संर्घष्ा र स्वाधीनतानिम्ति कविताबाट यसरी झकझक्याउने, लोकतान्त्रिक संर्घष्ामा आफैं होमिने, कविता, गीत, नाटक, कथा, निबन्ध, काव्य, महाकाव्य आदिको नया“ सगरमाथा उभ्याउने, नेपाली चेतनालाई विश्वव्यापी तुल्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीबाट अन्तिम विदा लिएको आधा शताब्दी भयो ।

भन भन देउसे को थिए बलि राजा ?

  • by

दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।

एक स्रष्टा दुइ महाभारत

  • by

‘महाभारत’ प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्ण्र्ााा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्ण्र्ााआदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दर्ुइ पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्ण्र्ााछ ।