Skip to content

‘महाभारत’ प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्ण्र्ााा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्ण्र्ााआदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दर्ुइ पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्ण्र्ााछ ।

कौरव-पाण्डव युद्धपछि विश्वविख्यात महाकवि वेदव्यासले ‘जय’ शर्ीष्ाक महाकाव्य रचे । त्यसलाई व्यासका प्रमुख शिष्य वैशम्पायनले केही थपेर ‘भारत’ नाम राखे । व्यासकै अर्का शिष्य सूतले नैमिषारण्यका हजारौं ऋषिलाई ‘भारत’ ग्रन्थ सुनाउने सर्न्दर्भमा अरू धेरै कथा जोड्दै गएपछि त्यसले ‘महाभारत’ को रूप लियो । यसलाई वैदिक परम्पराका विद्वान् साहित्यकारले वेदकै समकक्ष महत्त्व दिई ‘पा“चौं वेद’ भनेका छन् । नया“ भाषा, साहित्यिक वर्ण्र्ााकौशल, विषयगत विविधता आदि दृष्टिले हर्ेर्ने हो भने युगयुगसम्मका इतिहास र साहित्यका पाठकका लागि महाभारत ग्रन्थ वेदहरूभन्दा पनि बढी उपयोगी छ ।

यस ग्रन्थको विश्वका अनेक भाषामा पूरा या आंशिक अनुवाद हु“दै आएको छ । यसका विभिन्न कथा र नायक- नायिकामा आधारित असंख्य ग्रन्थ रचिएका छन् । नेपाली जनता निम्ति आफ्नो भाषामा यस महान् ग्रन्थलाई उतार्ने विशिष्ट साधनाको पहिलो बिंडो उठाए-पण्डित नरेन्द्रनाथ रिमालले । नुवाकोट, कठेरीमा १९३७ मा जन्मेका रिमालको शिक्षादीक्षा काशीमा भयो । अत्यन्त अध्ययनशील एवं विश्वको इतिहास र समकालीन राजनीतिबारे गहिरो ज्ञान हासिल गरेका रिमालले काशीलाई कर्मथलो बनाए । सम्भवतः अध्ययन, ज्ञान र चेतनाको उपयोग राणा शाही व्यवस्थामा गर्न सकिन्न भन्नेमा उनी सचेत थिए ।

नेपाली साहित्यको मध्यकालीन चरण थियो त्यो । नरेन्द्रनाथ चार वर्षा हु“दा भानुभक्तको रामायण प्रकाशित भएको थियो । मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल आदिका सिर्जनाको चक्चकीको समय थियो । त्यस लहरले नरेन्द्रनाथको प्रतिभालाई कुत्कुत्याउ“दै गयो । उनले गहन रूपले दोहर्‍याइ-तेहर्‍याई महाभारत पढेका थिए । रामायण रच्ने भानुभक्तकै मूल प्रेरणा होला- उनले १९७७ मा पलेंटी कसेर ६ वर्षा नेपाली महाभारत अठार वर्षतयार गरे । त्यो महाभारतको अनुवाद नभई मूलकथामा आधारित मौलिक सिर्जना थियो । उनले त्यस विराट ग्रन्थको संक्षेपीकरण गरेका थिए । नेपाली पाठकको हातमा पुग्न सक्नेगरी १९८६ मा त्यसको प्रकाशन आफैंले गरे ।

राणाकालीन दमन र अशिक्षाको अन्धकारमा भासिएका देशबन्धुलाई राजनीतिक, सामाजिक र शास्त्रीय दृष्टिले ब्यू“झाउ“-उठाउ“ भनी ठूलो संकल्पको परिणाम थियो त्यो । त्यसको मंगलाचरणमा उनले पहिलो पंक्तिमा शिव, पार्वती, र्सर्ूय र विष्णुलाई सम्झेर दोस्रो पंक्तिमा नेपालीको उन्नतिको काममा गरेका छन्-

मङ्गल शङ्कर गौरी र्सर्ूय हरिले नेपाल हिमाले वरि
धेरै उन्नतिवाद् तुल्याउनु हवोस् मानिस त्यो देशभरि ।

प्रष्ट छ उनले नेपालीको चेतना विकास र देशको उत्थान निम्ति कलम चलाएका थिए । उनको यो सामाजिक जागृति र राजनीतिक दूरदर्शिता अरू रचनामा झन् प्रस्ट रूपले मुखरित भएको छ । युगपरिर्वतन चक्रको गतिबारे शान्ति पर्वमा उनी लेख्छन्-

चक्रैसरी युरुप आदि घुमेर कूलो
आउ“छ आउ“छ दिनै फिरि हुन्छ ठूलो

हे भाइ यो मन सधैं नगरी धमीलो
बन्नेछ कार्य गरी नै बुझ यो रसीलो ।

नरेन्द्रनाथ प्राचीन र आधुनिक विश्व इतिहासका अध्येता र ज्ञाता थिए । त्यसैले उनले प्राचीन महाभारतमा मात्र कलम नचलाई आधुनिक युगको प्रथम विश्वयुद्ध -ग्रेट वार) लाई केन्द्रविन्दुमा राखेर समकालीन विश्वराजनीतिक द्वन्द्वको विश्लेषणसहित रचना गरे- ‘युरोपीयन महाभारत’ । विश्वको राजनीतिक परिस्थितिमा साधारण जनताले पनि सहज रूपमा बुझ्न सकुन् भनेर उनले यसलाई प्रचलित लोकगीत सवाई छन्दमा रचे । १९७७ मा प्रकाशित नया“ भारतको सुरुवात यस्तो छ-

सुन सुन भाइ हो चारौंतर्फभारी
पृथिविना घेरियको समुन्द्रको पारी

टापुहेरु युरोपमा नाना रितका छन्
आधा रुस यतातिर येसिया कहन्छन्

इनी दुवै देशमुनि समुन्द्रको तल
अम्रिका छ युरोपले भन्दछन् पाताल

लेखियाको तिनै ठाउ“ सबै पृथ्वीभर
डगमग सबैलाई पारयो थहहर

भन्छु भाइ सवाइमा घोर युद्ध सुन
महाभारतपछि यही ठूलो युद्ध गुन ।

लाखौं मानिसको संहारसहित संसार हल्लाउने त्यो युद्ध कहा“बाट सुरु भई कहा“-कहा“ फैलियो र त्यसले कस्तो परिणाम देखायो, सजीव वर्ण्र्ाागरेका छन् रिमालले । देखे-सुनेका घटनालाई कविता-काव्यमा सबै कविले प्रस्तुत गर्छन् । त्यस महायुद्धका विशिष्ट परिणामलाई बुझेर नवोदित परिस्थिति आकलन गर्दै राणाकालीन शासकलाई समेत परोक्ष रूपमा चुनौती दिनु कवि रिमालको विशेषता हो । उनका दुवै महाभारतका नया“ संस्करण हालै प्रकाशित छन् । जेठ २२ गते नरेन्द्र वाङ्मय निधि प्रतिष्ठानले उनको १२८ औं जयन्ती काठमाडौंमा मनायो ।

कान्तिपुर
जुन १३, २००८

Leave a Reply

Your email address will not be published. Required fields are marked *