Skip to content


इतिहास, कला, संस्कृति र आर्थिक व्यवसायमा रुचि राख्ने नेपालीहरूका लागि चीन धेरै पहिलेदेखि नै आकर्षणको विषय रहेको हो । चिनियाँ मूलका जाति र भाषा हजारौँ वर्षअघिदेखि नेपालतिर प्रवेश गर्दैरहे । चीनमा बुद्ध दर्शनको प्रभाव ईपू दोस्रो शताब्दीदेखि सामान्य रूपमा पर्दै गएको थियो । स्रोङ्चन गम्पोले सातौँ शताब्दीमा तिब्बतको एकीकरण गर्ने सन्दर्भमा उनको विवाह नेपालकी छोरी भृकुटीसँग भएदेखि बौद्ध दर्शन तिब्बत हुँदै चीनभरि फैलियो । त्यो लहर कोरिया, जापान, भियतनाम आदिसम्म पुग्यो । भारतमा बौद्ध संस्कृतिमाथि ठूलो दमन हुन थालेपछि बौद्ध साहित्यको ठूलो हिस्सा नेपालतिर र त्यसको ठूलै भाग तिब्बत पुग्यो । आठ सय वर्षअघि अरनिकोको नेपाली वास्तुकला, धातु र मूर्तिकलाले चीनलाई प्रभावित पारेपछि सांस्कृतिक सम्बन्ध मौलाउँदै गयो । यी सब कुराले सिंगो चीनमा कस्तो प्रभाव पारेको छ त ? चीन सम्बन्धमा निकै पहिलेदेखि मेरो आकर्षणका विषय थिए यी ।
दुई ठूला देशका बीचमा बस्ने नेपालीहरूका लागि भौगोलिक सुगमताले भारत पानी पँधेरोजस्तै भएको छ । हिमाली पर्खाल र तिब्बतको विकट यातायातले अहिलेसम्म पनि बहुसंख्यक नेपालीका लागि चीन एकादेशको कथाजस्तै छ । हजार वर्षदेखि नेपाली व्यापारीहरूले तिब्बतमा व्यवसाय गर्दै आएका छन् । हिमाली क्षेत्रका बासिन्दा अनेकौँ नाका पार गरी तिब्बत आउने-जाने गर्छन् तर सिंगो चीनबारे हाम्रो जानकारी ज्यादै पातलो छ ।
विगत ५० वर्षमा चीनबारे हाम्रो खुल्दुली जगाउने धेरै विषय बनेका छन् । नेपाली राजनीतिमा डा सनयातसेन, माओजेदोङ्, चाओएनलाई, देङ्सियाओपिङ् आदिको चासो र प्रभाव निकै बढेको छ । माओ र देङ्का फरक विचारबारे चर्चा निकै चलेको छ । ती नेताहरूप्रति अहिले कस्तो होला त चिनियाँ जनताको धारणा ? मनभित्र ठूलो जिज्ञासा थियो ।
तिब्बतबाट दलाई लामा भागेपछि, माओको ‘सांस्कृतिक क्रान्ति’को आँधी चलेपछि र तिब्बतमा रेल आएपछि तिब्बतको मानसिक र आर्थिक स्िथतिले कस्तो रूप लिएको होला ? ‘सांस्कृतिक क्रान्ति’का दिनहरूलाई सिंगो चीनका जनता कसरी सम्झँदा होलान् ? चीनमा कम्युनिस्ट पार्टीका अतिरत्तिm केही ससाना पार्टीहरू भए पनि औपचारकि रूपमा प्रतिस्पर्धी बहुदलीय व्यवस्था नभएकाले त्यसप्रति उनीहरूको जिज्ञासा, आकर्षण, विकर्षण कस्तो होला ? देङ्द्वारा प्रतिपादित अहिलेको आर्थिक नीति र व्यापक विकासप्रति त्यहाँका जनताका धारणा के कस्ता होलान् ? चीनले अँगालेको खुलानीतिपछि त्यहाँ पश्चिमी सभ्यता संस्कृतिको प्रभाव कस्तो रूपमा परेको होला ? वर्तमान चीनका साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरू के सोच्दैछन् र कस्ता सिर्जना गर्दैछन् ? समग्र बौद्धिक समुदायको चिन्तन र प्रवृत्ति अहिले कस्तो होला ? चीन यात्रामा जाँदा मेरो मानसपटमा यस्तै प्रश्न सग्बगाएका थिए ।
चीनका प्रमुख आठ प्रदेश घुमेर त्यहाँको धर्म-संस्कृति आदिबारे सोध्दै-बुझ्दै जाँदा चीनभर िबौद्ध संस्कृतिको व्यापक प्रभाव देखेर हामी आश्चर्यचकित भयौँ । नेपालमा बुद्ध जन्मेका भनेर अहिले नेपाली जनता मुखले गौरव त व्यक्त गर्छन् तर चिनियाँ जनताले झैँ नेपालीले बुद्धलाई व्यापक सांस्कृतिक धरातलमा ग्रहण गरेका छैनन् ।
चीनका बुद्धकालीन र त्यसपछिका कन्फ्युसियस, ताओ, लाओत्से आदिको दर्शन र संस्कृतिभन्दा बुद्धको दर्शन धेरै गहिरो र बुहआयामिक हुनाले त्यसको प्रभाव पनि ज्यादै व्यापक भएको रहेछ । नेपाल र उत्तरी भारतमा वर्णव्यवस्थाको बढी प्रभाव रहेको र हिन्दूहरूले बुद्धलाई नास्ितकको रूपमा विरोध गर्दै आएको परण्िााम यहाँको हिन्दू समाजमा बौद्ध संस्कारले गहिरो जरा गाड्न सकेन । बौद्धिक ब्रह्मवाद र कट्टर धर्म र बहुदेवतावादको जब्बर संस्कारले बुद्धको मानवतावादी उदार दर्शनलाई ग्रहण गर्न सकेन । त्यसैले यहाँ जनजातीय क्षेत्रमा, मध्य पहाडदेखि हिमालतिर मात्र त्यसको बढी प्रभाव पर्यो ।
हामी चिनियाँ लेखक संघको निमन्त्रणामा गएका हुनाले साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूका साथै बौद्धिक समुदायसँग धेरै ठाउँमा औपचारकि/अनौपचारकि अन्तरक्रिया र कुराकानी भए । सबै ठाउँका अभिव्यक्ति र व्यवहारबाट के देखियो भने त्यहाँका फरक विचारका नेता सनयात्सेन, माओ र देङ्सियाओ पिङ्प्रति हामीकहाँजस्तो एकअर्काप्रति खास आग्रह-पूर्वाग्रह देखिएन । पुँजीवादी गणतन्त्रका संस्थापक सनयात्सेनप्रति पनि जनतामा ठूलो आदर सम्मानको भाव देखियो । जनताले माओ र देङ्लाई पनि खास फरक रूपमा हेरेको देखिएन । हाम्रा त्यससम्बन्धी प्रश्नमा सबै ठाउँ एउटै उत्तर थियो, माओले राजनीतिक क्रान्तिद्वारा आधार तयार गरे, देङ्ले आर्थिक क्रान्तिलाई तीव्र गतिमा अघि बढाए । ती एकअर्काका परपिूरक हुन् । दुवै आधुनिक चीनका निर्माता हुन् ।
माओले चलाएको सांस्कृतिक क्रान्तिसम्बन्धी प्रश्नमा अधिकांशको भनाइ थियो, त्यतिखेरको उग्र जोसमा बिग्रेभत्केका सबै कुराको यथावत् रूपमा पुनःनिर्माण गरियो । कतिपयले भने त्यसबेलाको उग्रताले चीन दस वर्ष पछि पर्यो ।
चीनमा कम्युनिस्ट पार्टीबाहेक अरू ठूला प्रतिस्पर्धी पार्टी नभएको र अरू मुलुकमा बहुदलीय व्यवस्था भएको तुलना गर्दा कस्तो अनुभव गर्नुहुन्छ ? प्रश्नमा धेरैले खास चासो राखेनन् । कसैले यहाँ पनि अरू दल छन् भने । कसैले धेरै दल भएर विकास हुने होइन, सही योजना र जनपरिचालनले हुने हो । हामी आर्थिक प्रगतिबाट गौरवान्वित छौँ भने । दलीय प्रतिस्पर्धाको अभावमा कसैमा पनि उकुसमुकुस भएको भाव देखिएन । बुद्धिजीवी, व्यापारी, साहित्यकार, संस्कृतिकर्मी सबले गर्वसाथ भनेको सुनियो, हामीले समग्र विकासमा युरोपेली मुलुकहरूलाई उछिन्न लाग्यौँ, अब एक-डेढ दशकमा जापान र अमेरकिालाई पनि उछिन्ने हाम्रो लक्ष्य छ ।
चीनको खुलानीतिपछि यहाँ पश्चिमी सभ्यता-संस्कृतिको कस्तो प्रभाव पर्दैछ ? खासगरी साहित्यिक सिर्जनामा त्यसको असर के छ ? भन्दा उनीहरूले भने, हामीकहाँ भन्दा पश्चिममा आधुनिक उद्योगधन्दालगायत साहित्य संस्कृतिकलाको विविधतामा धेरै विकास भइसकेको छ । त्यसको प्रभाव हामीकहाँ पनि क्रमशः पररिहेको छ । चिनियाँ स्रष्टाहरू पहिले प्रेम, शृंगार र विभिन्न रुचि अनुरूपका साहित्यतिर कम प्रवृत्त देखिन्थे । अहिले ती क्षेत्रमा विभिन्न शैली प्रवृत्तिहरू देखा पर्दैछन् । पश्चिमका पहिरन, पुरुष महिला, युवकयुवतीबीचको खुलापन, नाचगान, नाटक, सिनेमा, शृंगार, हाउभाउ आदिमा उताको प्रभाव बढेको छ । यसलाई अस्वाभाविक मान्न आवश्यक छैन । आजको खुला विश्वमा चीनको संस्कृति बाहिर पनि जान्छ, बाहिरको यहाँ पनि आउँछ ।
म २० वर्षअघि बेइजिङ् जाँदा मानिसहरू यसरी सबै विषयमा खुला रूपले कुराकानी गर्न हिच्किचाउँथे । हाम्रा अनेक प्रश्नमा उनीहरू मौन रहन्थे या कुरा तर्काउँथे । अहिले सरकारका गुणदोषको प्रशंसा र टिप्पणी दुवै सुन्न पाइन्छ । त्यसबेला बेइजिङ् र हङ्कङ् अर्धआधुनिक सहर थिए । अहिले ती दुवै सहर विश्वका सबभन्दा आधुनिक र सुन्दर देखिन्छन् । चीनका सबै प्रान्तहरूमा विकास र प्रगतिको तीव्र होड देखिन्छ ।
ल्हासा सहरसमेत युरोपका अधिकांश सहरसँग होड गर्न सक्ने स्िथतिमा देखिन्छ । ३० वर्षमा सेनजेन चीनको सबभन्दा विकसित सहर बनेको देख्दा पश्चिमाहरूले जिब्रो टोक्दा रहेछन् ।
तिब्बतलाई संसारको छानो भन्ने हामीले सुनेकै थियौँ । त्यहाँबाट वातानुकूलित अत्याधुनिक रेलमा समुद्री सतहबाट १८ हजार फिटमाथि हुँदै ३७ घन्टाको यात्रा जीवनको अत्यन्त रोमाञ्चक र अविस्मरणीय घटना बन्यो । पोताला दरबारमा लामा शासकहरूले थुपारेको अलेख सुन, हीरामोतीको विराट खजाना देख्दा मध्यकालीन चरम दासता र सामन्ती शोषणको जीवन्त तस्िबर हाम्रो अगाडि आउँथ्यो । गरिब जनतालाई भोकै राखी विभिन्न शताब्दीका लामा शासकहरूले १०-१५ टन सुनका आफ्ना मूर्ति बनाएर छोडेको देख्दा दलाई लामाको अहिलेको घुर्कीमा पाँच-सात शताब्दी पुरानो मनस्िथति स्पष्ट रहेको अनुभूति भयो ।
पर्यावरण सुधार र हरयिाली विकासको क्षेत्रमा चीनले गररिहेको अद्वितीय प्रगतिबाट म सबभन्दा बढी प्रभावित भएँ । २० वर्षअघि मैले देखेको बेइजिङ्को अर्धमरुभूमि स्थिति अहिले सघन हरयिालीभित्र ढाकिँदैछ । चीनमा पेट्रोलबाट चल्ने मोटरसाइकल कहीँ देखिएन । साइकल र ब्याट्री चार्ज गरी चढ्ने मोटरसाइकलले कतै धूलो-धुवाँको मुख पनि देख्न पाउँदैनन् । डेढ दशकअघि मैले देखेको बेइजिङ्, सियान र साँघाईको आकाश अहिले कञ्चन नीलो देखिन्छ । पहिलेका २० फुटे बाटा अहिले छ-आठ लेनका सडक बनेका छन् । आकाश छुने घर निमर्ाणको होड छ । फुसका छाप्रामा बस्ने चिनियाँहरू कहीँ देखिँदैनन् । सबका आ-आफ्ना सुन्दर घर छन् या पचासौँ तले घरका फ्ल्याटमा बस्छन् मजदुर, किसान र कर्मचारीहरू ।
सांस्कृतिक र ऐतिहासिक सम्पदाको सुरक्षा र संरक्षणमा सम्भवतः चीनलाई अरू कुनै मुलुकले भेटाउन सक्तैनन् । २२ सय वर्ष पुराना दरबार, पर्खाल कलाकृति र चार हजार वर्षअघिदेखिका विभिन्न अभिलेख र सांस्कृतिक वस्तु पूरै सुरक्षित रूपमा भेटिन्छन् ।
सबै घुमेपछि हङ्कङ्बाट र्फकने बेला मेरो मुखबाट उच्छ्वास निस्क्यो उह्, कहिले होला हँ नेपालले यसरी नै काँचुली फेर्ने ? एकपटक यहाँका झगडिया नेताहरूलाई सम्झँदा छातीमा कताकता चूक र खुर्सानीको धूलो पोखिएझैँ लाग्यो ।

नेपाल साप्ताहिक २५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *