डा. तुलसी भट्टराई
सन्तान
प्राध्यापक रामेश्वर एक सातादेखि अस्पतालको शैय्यामा दिन बिताउँदै थिए। अहिले एक-दुई जना छिमेकीहरू उनका छेउमा बसेका छन्। समय दिउँसो ३ बजेतिरको हो।
“मैले थोरै सुप बनाएर ल्याएकी छु, दाइ खाइदिनु पर्यो। तीन दिनदेखि केही खानुभएको रहेनछ। तपाईं बिरामी भएको कुरा बिहान थाहा पाएर आएकी। अडेस लागेर बसौँ दाइ, म उठाइदिन्छु।” एउटी महिलाले ह्यान्डिल घुमाएर बेडको शिरतिर ठाडो बनाएपछि तकियामा अडेस लागेर रामेश्वर बस्छन्।
महाकवि र उनको साहित्यिक पत्रकारिता
शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्तिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निम्ति लेख्दिन, लेख्तछु- लेख्नका लागि र आएका विचार मानवहरूलाई सच्चा प्रकाशमा गर्नाका निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले कला बिग्रन्छ । मन तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ।
गणतान्त्रिक नेपालमा भानुभक्त
१९५ वर्षअघि उदाएका नेपाली वाェ्मय ज्योति भानुभक्त आचार्य राणाकालीन सェ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त ।
