बिसौनी वल्तिर भेटिँदा

बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी
उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी
पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि
नेपाली वाङ्मयी उर्जा लेखेँ भेष रिजाल यी।
अनुष्टुप, मुक्तक

बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी
उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी
पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि
नेपाली वाङ्मयी उर्जा लेखेँ भेष रिजाल यी।
अनुष्टुप, मुक्तक
बि.सं. २०७१ सालमा जन्मेका महामानव विश्वेश्वर प्रसाद कोइरालाको एक सय तीन औ वर्ष वितिसकेको छ । त्यसैले प्रत्येक वर्ष भाद्र महिनाको २४ गते वी.पी. जयन्ती मनाइन्छ । जननायक वी.पी. कोइरालालाई सम्झदा मात्र पनि आँखा रसाउँछन्, हृदय ढकमक्क हुन्छ । कता कता यिनको नेपाल र नेपाली प्रतिको स्नेहले झुकेको अनुहार हेरिरहन मन लाग्दछ । त्यसमा पनि म त वी.पी.लाई कहिल्यै भुल्न सक्दिन ।
पोखराथोक पाल्पाबाट बसाइँ बदलेर हाल होराइजन चोक बुटवल रुपन्देही जिल्लामा बस्दै आउनु भएका वरिष्ठ साहित्यकार कृष्णप्रसाद कोइरालालाई नचिन्ने साहित्यकार शायद छैनन् जस्तो लाग्छ । पोखराथोक साहित्य संगम पाल्पा र लुम्बिनी वाङ्मय प्रतिष्ठानू, रुपन्देहीसित उहाँको संस्थागत सम्बन्धन रहेको कुरा पनि जानकारी गराउन चाँहे । खासगरी भन्नुपर्दा लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको जन्म भएपश्चात् अँझै उहाँसँग मेरो सामिप्यता बढिरहेको कुरा सत्य हो ।
पर्वत जिल्लाको सदरमुकाम कुश्माको पूर्वपट्टि २ कि.मि. को दुरीमा एउटा सुन्दर उपत्यका छ । पश्चिममा मोदी खोला र अत्यन्त सुन्दर नगरी सदरमुकाम कुश्मा, उत्तरमा माछापुछ्रे हिमालको आकर्षक सादा देखिरहने हिम शृङखला, दक्षिणमा यही जिल्लाको रुग्दी र शंकर पोखरी गाउँ र पूर्वमा वितलवत कार्कीनेटा, ठूली पोखरी, खौला लाकुरी आदिको बीचमा रहेको अति आकर्षक सुन्दर नगरी जसलाई ग्यादी भनिन्छ । पातिहाल्ना, चपाईफाँट, कटुवा चौपारी, कुजे विसाउना, हटिया, लम्पाटा सुवेदी चौर झाप्रेवगर, मोदीवेणी, चापटारी, कालीमाटी, नुआर वितलव, बडहरे, माझिगाउँ, सिल्मी, बुमी, आदि यहाँका स्थानीय र छिमेकी नामहरू हुन् । मोदी खोलाले अंकमाल गर्दै बगेको छ । मल्याङदी र “चिन्ने” नाम गरेका दुई खोलाहरूले बीचमा राखेर सिंचित गरिहेछन् ।

विश्वेश्वर बडा नेता आकाश सरि व्याप्त हुन्
साहित्यमा मनोवेत्ता, चर्चा भित्र यिनै त छन् ।
यौनवाद नयाँ नौलो शैली दिएर लेखनी
यिनी प्रति छ आभारी नेपाली वाङ्मय पनि ।
(अनुष्टुप)
परिचय
वि.सं २००३ साल श्रावण १ गते पर्वत जिल्लाको शंकरपोखरीमा धर्ती चुम्नुहुने सदानन्द जैसी स्व.. कलाधर रिजाल र स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको साहित्यिक नाम सदानन्द अभागी हो । अभागी सुभनामका भाग्यमानी साहित्यकार भन्ने गर्छु म उहाँलाई । २०२० सालमा आमा शीर्षकको कविता लिएर नेपाली साहित्य आकाशमा झुल्किनु भएका उहाँ अहिले एक उज्ज्वल ताराको रूपमा स्थापित हुनुहुन्छ ।
युवा तिमी सुन्दर कल्प वृक्ष
प्रतिष्पर्धी को छ तिमी समक्ष
रातो छ तिम्रो मुटु माझ रक्त
छन् पाखुरी सक्षम छौ शसक्त (उपजाति छन्द)
मानिस जब जन्मन्छ, ऊ बाल अवस्थामा हुन्छ । अनि बिस्तारै किशोर अवस्था पार गरेर ऊ युवावस्थामा प्रवेश गर्दछ । १६ वर्ष देखि माथि चालीस वर्षसम्म छदाँको अवश्था (उमेर)लाई युवावस्था भनिन्छ । यो अवस्था मानिसको लागि एउटा महत्वपूर्ण र अति नै उर्वर अवस्था हो । मानालाई के सितन् मुरीलाई के नाम्लो भन्ने हाम्रो बुढा — पाकाहरूको उखान पनि यही अवस्थाको लागि प्रयोग गरिन्छ ।
मौका आज मिल्यो फेरि माइती दर्शनार्थको
गरिमामय स्याङ्जाली, साहित्यिक समाजको ।
आदरार्थी सबै माझ, सम्बोधन म गर्दछु ।
पुरस्कारै–पुरस्कार, नियात्रा पनि कोर्दछु ।
हो मलाई लाग्दछ, स्याङ्जा जिल्ला पनि मेरो आफ्नै माइती जिल्ला हो । स्याङ्जा र पर्वत एक आपसमा जोडिएका जिल्ला हुन् । मलाई सम्झना छ बि.सं. २०२७/२८ सालसम्म वर्तमानमा पर्वत जिल्लामा रहेको, ग्यादी भन्ने सुन्दर ठाउँ स्याङ्जा जिल्ला अन्तरगत रहेको थियो ।