पुस्कल पौडेल
लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे
आफ्नाले पराईले मित्र बन्धुले, धेरैले जालमा पारेको मान्छे
लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे ।।
दुनियाँ त सबै स्वार्थी नै थियो, आफ्नैले पनि स्वार्थै हेरे
कसैले त साथ देलानी भनि, झिनो आश पनि मारेको मान्छे
लड्ने कुरा अब भो नगर,…………………………….।।
सबैले एक्ल्याई गए मलाई, सायद तिम्रो नी साथ पाउन्न
दुनियाँले हेला गरी आखिर, समाजबाट पर सारेको मान्छे
लड्ने कुरा अब भो नगर,…………………………….।।
मर्न पनि सकिन,सास पनि गएन, काल पनि मलाई आउन्न की कसो ?
आउँछु–आउँछु भनि भोली–भोली, कालले पनि त टारेको मान्छे
आफैँ देखि म त हारेको मान्छे

उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै
भाबना
उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।
चन्चलताको प्रतिक यो मन, मात्र सधैँ उड्न खोज्छ
फक्रिएको फुललाई किन, परिस्थिती चुड्न खोज्छ ।
सम्हाली नसक्नु मनलाई, यत्र–तत्र चराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।
बिलौना मात्रै सुन्छु पिडाका, हाँसो खुसीका कुरा छैनन्
सबैका यहाँ लक्ष्य अधुरा, कसैका सपना पुरा छैनन् ।
हालत मेरो हुन्छ कि त्यस्तै, आफैसँग डराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।
उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै
यती कमजोर पनि हुन्छन् त लाटी
भबना मनको
उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।
तिमीलाई जती पिर छ, मलाई पनि उत्ती
मेरो पनि त मन छ, मुटु धड्किन्छ कत्ती
व्यथाहरु मनमा अल्झाई–अल्झाई
मन–मनमै पिर बुन्छन् त लाटी
उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी ।।
भन्नेले भन्देछन् मेरो बिग्रोरे मती
त्यो सुनि रात भर रोयौ रे ! अती
सुनेको भरमा अर्काको कुरा
आँशुले मुहार धुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।
भन्छ भन्नेले भन्नेको मुख टाल्छ कल्ले
साले जिन्दगीलाई
धुजा–धुजा भए पनि, बटुलेर टाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
हन्डर झेल्यो कति–कति, ठक्कर खाँदानी चेतेन
रीस उठ्यो जानी–जानी, भड्खालोमा हाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
खोकी गयो रुघा आयो, रुघा गयो फेरी जरो आयो
यस्तो लाग्छ किन–किन, रोगै रोग पाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
पुस्कल पौडेल (–––प्रतिक)
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई
धुजा–धुजा भए पनि, बटुलेर टाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
हन्डर झेल्यो कति–कति, ठक्कर खाँदानी चेतेन
रीस उठ्यो जानी–जानी, भड्खालोमा हाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
खोकी गयो रुघा आयो, रुघा गयो फेरी जरो आयो
यस्तो लाग्छ किन–किन, रोगै रोग पाले जिन्दगीलाई
बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई ।।
पुस्कल पौडेल (–––प्रतिक)
मलम र पट्टि लिएर आउ
भावना
मद्होषि नशा पोखिएला त्यसै, गिलासमा हाली पिएर खाउ
चर्केर मुटुमा लागेछ घाउ, मलम र पट्टि लिएर आउ ।।
बचनको तीरले मुटुमा हान्यौ, रगत बगेको बग्यै भयो
कसैले तिम्रो मन चोरी लगेथ्यो, आखिर लगेको लग्यै भयो ।
म देखि मलाई खोसेर लाने, को होला, त्यो उस्जन्मको साउ
चर्केर मुटुमा लागेछ घाउ, मलम र पट्टि लिएर आउ ।।
हारेको थिएँ आखिर मायाँमा, हराएर फेरी के पायौ ?
तिम्रो मायाँ कुनै सफल हुन्न, तिमीले मायाँ खै के लायौ ?
धेरै ठक्कर–हन्डर खाएनी, अझै नथाक्ने मेरा यी पाउ
चर्केर मुटुमा लागेछ घाउ, मलम र पट्टि लिएर आउ ।।
मद्होषि नशा पोखिएला त्यसै, गिलासमा हाली पिएर खाउ
बिहे भा सी थाहा पाउँछ्यौ
अनुनय मेरो ब्यर्थ सधैँ
कानमा के वतास लाउँथ्यौ ?
तिमीलाई नी पर्छ सानु
बिहे भा सी थाहा पाउँछ्यौ ।।
यत्तीकै बरु आनन्द छ
सधैँ भरी खुसी मनाउ
शंकाको कुनै गुन्जायस हुन्न
जती–पनि साथी संगी बनाउ ।।
जहाँ बोलायो त्यहाँ आउने
(बिहे) पछि त्यसरी कहाँ आउँछ्यौ
तिमीलाई नी पर्छ सानु
बिहे भा सी थाहा पाउँछ्यौ ।।
भन्थ्यौ सधैं यस्तै हो म त
अब त बिहे हुने भाको सुन्छु
हेरौंला है त ! त्यो बेला सानु
नमरे म पनि यतै हुन्छु ।।
मनोमानी चल्दैन आफ्नो
जब कसैको सिन्दुर लाउँछ्यौ
भने झैँ सजिलो हुन्छ हुन्न
बिहे भा सी थाहा पाउँछ्यौ ।।
अनुनय मेरो ब्यर्थ सधैँ
कानमा के वतास लाउँथ्यौ ?
तिमीलाई नी पर्छ सानु
भाग्यैले तिमी मेरी, आमा बन्यौ
सम्पूर्ण आमाहरुमा समर्पित
न घाम भन्यौ, न पानी भन्यौ
भाग्यैले तिमी मेरी, आमा बन्यौ ।।
भोक भनिनौ, प्यास भनिनौ
कहिल्यै तिमी निष्ठुर बनिनौ ।
न भोक भन्यौ, न प्यास भन्यौ
भाग्यैले तिमी मेरी, आमा बन्यौ ।।
बस्यौ कती दिन, भोको भई
काट्यौ कती रात, रोको रोइ ।
न दुःख भन्यौ, न कष्ठ भन्यौ
भाग्यैले तिमी मेरी, आमा बन्यौ ।।
न घाम भन्यौ, न पानी भन्यौ
भाग्यैले तिमी मेरी, आमा बन्यौ ।।
पुस्कल पौडेल (–––प्रतिक)
हैन भने मन मुटु, बसौं यतै मिलाएर
खुवाउनु पर्छ र ! अझै तिमीलाई, आमा बाबुले पिलाएर
हैन भने मन मुटु, बसौं यतै मिलाएर ।।
सुने तिम्रो मन सँग, कसैले मायाँ साटेको छ
हुन सक्छ त्यसैले गर्दा, हाम्रो मायाँ फाटेको छ ।।
मिले देखि आउनु छिट्टै, लाउला मायाँ सिलाएर
हैन भने मन मुटु , बस्नु तेतै मिलाएर ।।
जीवनको गोरेटोमा, अर्कै साथी भेटे पनि
योवनको आवेशमा, क्षणीक प्यास मेटे पनि ।।
त्यो त दुई दिनको रमझम हो, जान सक्छ बिलाएर
फर्कि आउ मन मुटु, बसौं यतै मिलाएर ।।
खुवाउनु पर्छ र ! अझै तिमीलाई, आमा बाबुले पिलाएर
हैन भने मन मुटु, बसौं यतै मिलाएर ।।
पुस्कल पौडेल (–––प्रतिक)
तगारो केही नहोस् कहिल्यै, बन्धन सारा फुकाई आउ
भाबना
बाँचौँला सुखको सास फेरी, दुःख ब्यथा लुकाई आउ
तगारो केही नहोस् कहिल्यै, बन्धन सारा फुकाई आउ ।।
थाहा छ तिमी मेरो लागी, दुःखमा पनि हाँसी दिन्छौ
मेरो भागको पिडा समेटी, आँशु पिएरै बाँची दिन्छौ ।।
आउ तिमी बरु पछि नै, आँशुको मुल्य चुकाई आउ
तगारो केही नहोस् कहिल्यै, बन्धन सारा फुकाई आउ ।।
पिडै–पिडामा डुबेर सधैँ, रुनु मात्रै जीवन हैन
माँतिन्छ मान्छे हाँसोले अझै, हाँस्नु पनि जीवन हैन ।।
हाँस्ने अपेक्षा राखि बरु, गहमै आँशु सुकाइ आउ
तगारो केही नहोस् कहिल्यै, बन्धन सारा फुकाई आउ ।।
बाँचौँला सुखको सास फेरी, दुःख ब्यथा लुकाई आउ
तगारो केही नहोस् कहिल्यै, बन्धन सारा फुकाई आउ ।।

मायाको खेलमा तिमीले जित्यौ, मेरो चाहिँ हार भो