पुस्कल पौडेल
दुई–चार थोपा साँच आँशु
यहाँ भन्ने छैन आँखा सधैँ, आँशुले नै सजाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।
एक अर्काको सुख–दुःख बाँड्ने, हामी बिचमा त्यस्तो सर्त छैन
नाम मात्रको साथी म तिम्रो, हुनु–नहुनुको अर्थ छैन ।।
यो पनि हैन मेरो मतलव, मनमा तार–बार लगाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।
तीन मुक्तक
१.
आफैले माया मारे झैँ भयो
अर्कैमा माया सारे झैँ भयो
जित्न त जितेथेँ सबको नजरमा
तिम्रो नजरमा हारे झैँ भयो ।।
२.
आफैले जालमा पारे झैँ भयो
पछि फेरी त्यसै टारे झैँ भयो
बित्थामा सबले शंका मात्र गरे
बेकारमा दश तीर चारे झैँ भयो ।।
३.
आफैंलाई भ्रममा पारे झैँ भयो
रीत्त्याई सबै निखारे झैँ भयो
मैले त मनको सीमाना कोरेथेँ
आउने जाने लाई बारे झैँ भयो ।
पुस्कल पौडेल (–––प्रतिक)
