Skip to content

भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ

पुछ्न खोज्दा हातले, आँशु गह भित्रै सुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

छचल्किन्छन् व्यथाहरू, आखिर यही मुटु माझ
रुन खोजेकै हो तै पनि, सकेन झर्न आँशु आज ।।
पोख्न खोज्दा कसैलाई, व्यथा कता-कता लुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

अलपत्र भयो जीवन, ओल्लो घाट न पल्लो तिर
सुख-शान्ती कहीँ छैन, हरेक ठाउँ छ पिरै-पिर ।।
लावारिस भयो जीवन, कुक्कुरलेनी हेपी भुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

पुछ्न खोज्दा हातले, आँशु गह भित्रै सुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।
पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *