Skip to content

यती कमजोर पनि हुन्छन् त लाटी

भबना मनको

उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।

तिमीलाई जती पिर छ, मलाई पनि उत्ती
मेरो पनि त मन छ, मुटु धड्किन्छ कत्ती
व्यथाहरु मनमा अल्झाई–अल्झाई
मन–मनमै पिर बुन्छन् त लाटी
उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी ।।

भन्नेले भन्देछन् मेरो बिग्रोरे मती
त्यो सुनि रात भर रोयौ रे ! अती
सुनेको भरमा अर्काको कुरा
आँशुले मुहार धुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।

भन्छ भन्नेले भन्नेको मुख टाल्छ कल्ले
फुर्ती गर्नेमा अरिङ्गालको गोलो बाल्छ कल्ले
सुने अर्काको कुरा पागल हुन्छ मान्छे
अर्काको कुरा पनि सुन्छन् त लाटी
उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।
पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *