पुस्कल पौडेल
यसपाली हिउँद काटिन्न होला
सोचे झैँ अब फेरि मायाको
लामो डोरी बाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यसपाली हिउँद काटिन्न होला ।
यात्रामा एउटै बाटो हिँडेनी
आएसी दोबाटो छुट्नु पर्ने,
समय आउँदो रैछ त्यस्तै
आफूसँग आफैं टुट्नु पर्ने !
आकाशमा लागेको त्यो कालो बादल
नपरी पानी फाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यस् पाली हिउँद काटिन्न होला ।

अँध्यारो भो मौसम आज