Skip to content

पुस्कल पौडेल

रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ

तिम्रा चोटहरूसँग, मैले प्रीत गाँसिसकेँ
रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ ।।

मन भरी चोट पाली, मायै–माया दियौ किन ?
मेरो अघी हाँसे पनि, पछि आँशु पियौ किन ?
अटाउने ठाउँ भरी, तिम्रो माया साँचिसकेँ
रुने पालो अब मेरै, हाँस्नु जति हाँसिसकेँ ।।

मेरो कुनै देश छैन रे !

मेरो देश मेरो देश भन्दै उफ्रिन्थेँ हिजो
मैले मेरो देश भन्न नपाउने रे ! अब
बिना पहिचानको मान्छे रे ! म
त्यसैले
मेरो कुनै पहिचान छैन रे !
मेरो कुनै देश छैन रे !

तिमी आफैँ भन ! म के सम्झुँ ?

जीउ ताने झैँ गर्दै दायाँ अनि बायाँ
मुन्टो हल्लाउनुको अर्थ म के सम्झुँ ?
हुन्छ सम्झुँ या हुन्न !
तिमी आफैँ भन ! म के सम्झुँ ?

अरुलाई छल्दै मलाई हेर्दै बेला–बेलामा
आँखा झिम्काउनुको अर्थ म के सम्झुँ ?
आउँ सम्झुँ या नआउँ !
तिमी आफैँ भन ! म के सम्झुँ ?

रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी

भौतारिने छैन अब आफ्नै, भाग्य सँग हारी
रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी ।।

तिम्रो वियोगमा रुँदा–रुँदा, आँशु सुकिसक्यो
मुटु पनि अब दुख्ने छैन, दुख्नु दुखिसक्यो ।।
रमाई–रमाई यो मुटुमा, गयौ पिडा सारी
रुने छैन अब म कहिल्यै, आँशु झारी–झारी ।।

शिकारको खोजीमा थियौ भने

गजल
शिकारको खोजीमा थियौ भने, रमाउ अब पाइयो
चक्कु भए पुग्छ मलाई, खुकुरी किन चाइयो ।।

यती कमजोर भा छु म, फु… गर्दा पनि ढल्ने
त्यसैले त आज तिम्रो, शिकार बन्न आइयो ।।

नरम छ मासु छाला, हाड अलि कडा होला
अब त रमाउ तिमी, काँच्चै खान पाइयो ।।
पुस्कल पौडेल (–––प्रतिक)

PushkalPoudel

सुकेको आँशु दुखेको मन

सुखमा हाँस्न जाने पनि
दुःखमा रुन भुलिसकेँ
हाँसो सधैँ रुन्चे हाँसो बन्छ
यो मनले दुःखमा रुनु पर्दैन भन्छ
थाहा छैन मलाई त यो मन
किन यति कठोर बन्छ ।।

फर्केर आउन्नौ तिमी मेरो मनले भन्दै छ

फर्केर आउन्नौ तिमी मेरो मनले भन्दै छ
दिन–प्रतिदिन मेरो अवस्था दयनिय बन्दै छ ।।

तिमीलाई सम्झिँदा मात्रै पनि मुटु बेजोडले धड्किन्छ
दन्किन्छ आगो छातीमा लाग्छ बिष्फोट भई पड्किन्छ ।।
झुटो आश गरिकन मनले दिन महिना गन्दै छ
दिन–प्रतीदिन मेरो अवस्था दयनीय बन्दै छ ।।

तिमीलाई म के भनुँ ?

जो मेरो हृदयको ढुकढुकीमा लुकेर
जो मेरो आलो घाउ भएर दुखेर
मलाई टड्पाइरहेकी

जो मेरो तिर्खाको प्यास बनेर
जो बसेको छ मेरो एक मात्र आश बनेर
मलाई छटपटाइरहेकी

बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?

बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?
छिया–छिया भै चर्केको मुटु, फोरेर पो के गर्छौ ?

आफैँ माया पाइए पाइन्छ, नत्र माया चोर्न नथाल
जस्तो पायो त्यस्तै तिमी, सबै माया सोर्न नथाल ।।
तिम्रो सामु एक छैन, सबै सोरेर पो के गर्छौ ?
छिया–छिया भै चर्केको मुटु, फोरेर पो के गर्छौ ?

जन्म दिने बाउ आमाकै, कसम

जन्म दिने बाउ आमाकै, कसम ! खायौ भने बिश्वास गर्छु
अगुल्टो हल्लाउँदै रातमा, भेट्न ! आयौ भने बिश्वास गर्छु

माया त गर्छु भन्छन् यहाँ, तरिका मात्रै फरक–फरक
कसैले नलाको तिमीले, माया ! लायौ भने बिश्वास गर्छु

आखिरमा तिमीले पनि

पानी जति बगे पनि, फर्केर त आउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।

तिम्रो सामु हुँदा कोही, अहिले मलाई हेला गर्छौ
सबले छोडी गएपछि, आखिर मेरै फेला पर्छौ ।।
जीवन जिउन तिमीले पनि, लेक–बेसी धाउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।

जलाएको चितामा झैँ तिमीलाई

जलाएको चितामा झैँ तिमीलाई, बेला–बेलामा घोच्नु परो
तिम्रो लागी धेरै मरी मेटेँ, आफ्नो लागी पनि त सोच्नु परो
त्यसैले गर्दा त मैले आज, तिमीलाई छोड्नु परो

यो त सानु अति भयो

झुटो तिम्रो बाचा बन्धन, तिमीसँगै सति गयो
माया गर्नेलाई नि धोका ! यो त सानु अति भयो ।।

जीवनभरि सँगै जिउने, जस्ले कसम खाएकोथ्यो
जुनी–जुनी अमर हुने, जस्ले माया लाएकोथ्यो ।।
सागर थियो जसको माया, घटी थोपा जति भयो
माया गर्ने लाईनी धोका ! यो त सानु अति भयो ।।

म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन

म मर्दा तिमीलाई गुनासो कुनै, हुन्छ वा हुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।

तिम्रो मायामा हैन मलाई, तिमीमै शंका भयो
तिम्रो सानो माया पनि मलाई, सुनकै लंका भयो ।।
उडिकन हावामा चंगाले आकाश, छुन्छ वा छुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।

धिक्कार छ तिमीहरूलाई

भित्र-भित्रै जलिकन, भित्र-भित्रै रमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।

निभ्न लाग्या’ दियो झैँ, धपक्क एकछिन बल्छन्-बल्छन्
कसैको आडमा उभिनेहरू, अवश्य एकदिन ढल्छन्-ढल्छन् ।।
वास्ता नगरी अर्काको, आफ्नै खाल जमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।

भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू

सानो थियो हाम्रो संसार, सानै थियो रहरहरू
भुल्न गहारो अझै पनि, बिराना ती प्रहरहरू ।।

मायाको सुन्दर संसार, बुन्ने हाम्रो चाह थियो
निस्ठुरी ईश्वरलाई नि, यो कुरा थाहा थियो ।।
फेरि किन ईश्वरले नै, घोली दियो जहरहरू
भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू ।।

लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ

दुःखमा काटेँ जुन समय, तिमीले सुखै–सुखमा काटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

बेलेको आगो ताप्थे अरुले, तिमीले पनि त त्यसै गर्यौ
अर्काको मन भाँचेर जानु, कसरी भनौं बेसै गर्यौ ।।
पुरानो गाँडो चुटाईकन, मायाको नयाँ डोरी बाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

दुःखमा काटेँ जुन समय

भावना
दुःखमा काटेँ जुन समय, तिमीले सुखै–सुखमा काटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

बेलेको आगो ताप्थे अरुले, तिमीले पनि त त्यसै ग¥यौ
अर्काको मन भाँचेर जानु, कसरी भनौं बेसै ग¥यौ ।।
पुरानो गाँडो चुटाईकन, मायाको नयाँ डोरी बाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

म बिना बाँच्न भन्थ्यौ सक्दिन, त्यसैले तिम्रो भर परेथेँ
… सुवाष युक्त फुलै–फुलले, सपनाको सुन्दर घर भरेथेँ ।।
खाएथेँ मैले मायामा कसम, तिमीले बाहिर–बाहिर चाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।

दुःखमा काटे जुन समय, तिमीले सुखै सुखमा काटिछौ