बिष्फोट भएर छरिए, मनका भावना आज यहाँ
जे हुनु भयो मलाई, तिमीलाई के भा छ र त्यहाँ ?
मेरो मायाँले हारे पनि, मैले अझै हारेको छैन
तिमीले नै धोका दिइथ्यौ, मैले मायाँ मारेको हैन ।
मायाँ बस्यो मेरो पनि, तिम्रो मन रहेन जहाँ
जे हुनु भयो मलाई, तिमीलाई के भा छ र त्यहाँ ?
एक्लो थिएँ एक्लो भएँ, दोष म कसैलाई दिन्न
सजिलो रहेछ मायाँ किन्न, गारो साँचो मायाँ चिन्न ।
कहिले काहिँ मन चन्चल भै, उडीदिन्छ कहाँ–कहाँ
जे हुनु भयो मलाई, तिमीलाई के भा छ र त्यहाँ ?
बिष्फोट भएर छरिए, मनका भावना आज यहाँ
जे हुनु भयो मलाई, तिमीलाई के भा छ र त्यहाँ ?
पुस्कल पौडेल (–––प्रतिक)