पुस्कल पौडेल
तिम्रो भर्ने पाथी भए मेरो भर्ने मानो होला
तिम्रो जात ठूलो भए
मेरो जात सानो होला
तिम्रो भर्ने पाथी भए
मेरो भर्ने मानो होला ।।
हामीले लीने हावा एउटै
हामी यहीँ साश फेर्छौँ
नजर हाम्रा फरक–फरक
हेर्ने दृष्र्य एउटै हेर्छौँ ।।
… तिम्रो आँखा सध्य भए
मेरो आँखा कानो होला
तिम्रो भर्ने पाथी भए
मेरो भर्ने मानो होला ।।
पानी खाने धारो भिन्नै
आखीरमा मूल एउटै
पूज्ने ईश्वर ढुङ्गा मुर्ति
चढाउने फुल एउटै ।।
रुझ्दा खेरी कहीँ कतै
ओत एउटै छानो होला
तिम्रो भर्ने पाथी भए
मेरो भर्ने मानो होला ।।
गजल
सुखको अर्थ रहदैन त्याहाँ, दुःखको आभास भएन भने
के अर्थ भो सुखमा जीवन, दुखमा जीवन रहेन भने ।।
हाँस्न त याहाँ सबै हाँस्छन्, पिडा लुकाएरै भए पनि
रुनुको अर्थ रहदैन फेरी, हाँसो हराई गएन भने ।।
के अर्थ भो सुखमा जीवन, दुखमा जीवन रहेन भने ।।
चोट लाग्दैमा घाउ हुदैन, हुन्छ त केबल दुखाईमा अन्तर
सानो घाउ लाग्दानी दुख्छ,पिडा र चोट सहेन भने ।।
सुखको अर्थ रहदैन त्याहाँ, दुःखको आभास भएन भने
के अर्थ भो सुखमा जीवन, दुखमा जीवन रहेन भने ।।
आज त सुहागरात हो
गजल
मेरो एक्लो जीवनमा, अब तिम्रो साथ भो
अँध्यारो मुख नगरन प्रीय, आज त सुहागरात हो ।।
निरस एक्लो जविनमा पनि, यसरी उमङ्ग आउँदो रैछ
दुःखी मेरो जीवनमा , खुसी–खुसीको खात भो ।।
अँध्यारो मुख नगरन प्रीय,………………………..।।
ढल्न खोज्थेँ–लड्न खोज्थेँ, आड नभएको खम्बा सरी
बुढेसकालको लौरो सरी, साहारा तिम्रो हात भो ।।
अँध्यारो मुख नगरन प्रीय,………………………।।
रीसाएर मलाई तिमीले, घुक्र्याउन पनि सक्छ्यौ
घुक्र्याउन सक्छ्छौ किनकि, मायालुतिम्रो जात भो ।।
मेरो एक्लो जीवनमा, अब तिम्रो साथ भो
अँध्यारो मुख नगरन प्रीय, आज त सुहागरात हो ।।

एकान्तमा रमाउनु, सुन्यतामा हराउनु,