Skip to content

पुस्कल पौडेल

देशमा नव बर्षले शान्ति ल्याओस्

पुराना बर्षहरूमा बग्यो धेरै रगतको खोला
नयाँ बर्षमा त त्यस्तो अवश्य हुँदैन होला ।
बग्योथ्यो रगत धेरै क्रान्तिको निहुँमा
पुरिएर बसेको रहेछ क्यार शान्ति त हिउँमा ।।
सगरमाथा पनि त केही निहुरियो
रगतको खोला बगाई आफु ठिङ्ग उभियो ।।१।।

परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ

भन्यौ तिमीले धनमा, मैले मायाँ किनी सकेँ
परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ ।।

तिमीले त मलाई हैन, सोच्थेँ मेरो मायाँ रोज्यौ
मैले तिमीलाई मायाँ दिएँ, तर तिमीले धन खोज्यौ ।।
धन-रुपी बचन तिम्रो, प्रहारैले छिनी सकेँ
परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ ।।

चिच्याई फेरि करायौ किन ?

मैले त भनेथेँ बाहिरै भेटौँ, आखिर तिमी डरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??

उसै नि म त बाहिरै देखि कालो, भित्र कस्तो जाँच्ने काम तिम्रो
भुत सवार गराई आफूमा, मलाई मन परायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??

तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ

भाबना
खरानी भै उडी सकेँ, कसरी भनुँ नजलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।

म सँग गरेको तिम्रो प्रेम, रैछ सबै देखावटी
तिमीले देखाको सद्भाव, रैछ सबै बनावटी ।
आफैँ छली गयौ तिमी, भन्नै परेन छलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।

काट्दै नकाटी गिडिएँ, भन्नैपरेन काट
एउटा कुरा सिकेँ मैले, नाटक गर्न तिमी बाट ।
जलायौरे मेरा प्रेम पत्रहरु, भन्दै नभनी जलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।

खरानी भै उडी सकेँ, कसरी भनुँ नजलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।
पुस्कल पौडेल (–––प्रतिक)

कति आफ्ना-कति पराई, भेटेँ धेरै साथीहरू

जोड्न गाह्रो हुँदो रैछ, च्यातिएका छातीहरू
कति आफ्ना – कति पराई, भेटेँ धेरै साथीहरू ।।

स्वार्थ हेरी-हेरीकन, मित्रताको नाता जोड्ने
स्वार्थ पुरा हुँदैगए, एक-एक गरी नाता तोड्ने ।।
ढल्छन् आखिर मानो बिना, भरिएका पाथीहरू
कति आफ्ना – कति पराई, भेटेँ धेरै साथीहरू ।।

मुक्तक

मुक्तक
तिमीले प्रेम पाउन सकिनौ, प्रेमकै नाम घोकेर पनि ।

मज्जाले तिमी लठ्ठिन सकिनौ, प्रेमकै रस धोकेर पनि ।।

अमर बन्न तिमीनी सकिनौ, अमृतै सारा बोकेर पनि ।।।

पुस्कल पौडेल (–––प्रतिक)

बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू

तिमीसम्म आउनलाई, धेरै छन् बार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।

अबरोध छन् जता-ततै, बाधा सँग लडिराछु
बाधाहरू पर गर्दै, तिमी तिरै बढिराछु ।।
पाईला टेक्ने बाटामा छन्, तलवारका धार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।

तिमीले चाहेर के भो ?

के अर्थ त्यो फूलको, आखिर भैँमा झरे पछि
तिमीले चाहेर के भो, मेरो मन नै मरेपछि ।।

तिमीलाई माया थाहा थिएन, त्यसैले मायाको खेल खेल्यौ
सोझो भएर होला तिमीले, मलाई पेल्नसम्म पेल्यौ ।।
सहनै सकिन मैले पनि, तिमीले अतिनै गरेपछि
तिमीले चाहेर के भो, मेरो मन नै मरेपछि ।।

नसोच्नु तिमीलाई दाउ लाग्यो

भावना
सहनु मेरो बिबस्ता थियो, त्यसैले मुटुमा घाउ लाग्यो
पहिले जस्तो हुँदैन अब, नसोच्नु तिमीलाई दाउ लाग्यो ।।

मनोमानिको चरमविन्दु, पार गरी हिँड्यौ जब तिमीले
सोच्नु फेरी म मौन रहन्छु, गल्ति हुन्छ त्यो अब तिमीले ।।
हिजोका दिनमा मौन बसेँ, त्यसैले मुटुमा घाउ लाग्यो
पहिले जस्तो हुँदैन अब, नसोच्नु तिमीलाई दाउ लाग्यो ।।

महत्तोकांक्षाका सजायौ स्वप्न, गगन चुम्बी महल–हरु
… आफैंले आफुलाई राज ग¥यौ, मानिनौ मेरा पहल–हरु ।।
चोट लाग्दा तिमीलाई त्याँहा, आखिर यै मुटुमा घाउ लाग्यो
पहिले जस्तो हुँदैन अब, नसोच्नु तिमीलाई दाउ लाग्यो ।।

सहनु मेरो बिबस्ता थियो, त्यसैले मुटुमा घाउ लाग्यो

रुनु पर्ने थिएन सम्झी, पश्चातापमा यति खेर

मैले भन्या मान्या भए, तिमीले पनि त्यति खेर
रुनु पर्ने थिएन सम्झी, पश्चातापमा यति खेर

पागल प्रेमी जस्तै थिएँ, भन्थ्यौ तिमी पनि त्यस्तै
दिल्लगी गरी हाँसोमा, उडाई गयौ त्यति खेर

मेरो फोटोलाई माला गाँस

तिमी सँधैं नै बाँच, तिमी सँधैं नै हाँस
अन्तिम सास बाँकी छ अब, मेरो फोटोलाई माला गाँस ।।

दैवले बोलायो किन ? आँखा टोलायो किन ?
तिमीले चोट पुरस्कार दियौ, सकिन मैले तिरस्कार दिन ।।
गीत गाई अब नाँच, ठट्टा गरी तिमी हाँस
अन्तिम सास बाँकी छ अब, मेरो फोटोलाई माला गाँस ।।

तर पनि मेरो आत्मा शुद्ध छ

निर्लज्ज यी आँखाहरु ! अझै हेर्न लालायीत छन्
निर्बस्त्र स्वरुप तिम्रो
छाडा यी हातहरु ! जती बाँधे पनि जुरमुराइ रहेछन्
पुग्न तिम्रा नितम्बमा
नितम्बमा जस्तै अझ यी हातहरु तीम्रा साँप्रा
सुम्सुम्याउन चाहन्छन्
छिल्लीएका यी ओठहरु चुम्न खोज्छन् हरेक
तिम्रा अंग प्रत्यंगमा
तर पनि मेरो आत्मा शुद्ध छ ………..
क्रमश……………

तिमीलाई एक कल फोन गर्छु

आज मर्छु भोलि मर्छु, थाहा छैन कैले मर्छु
मर्नुभन्दा अगाडि म, तिमीलाई एक कल फोन गर्छु ।।१।।

चाँडै म मर्छु भन्दा, चिरिएला तिम्रो छाती
वास्तविकता के भनुँ खै, आखिर जाँदै छु म माथी ।
मलाई नै थाहा छैन, भनुँ म कसरी मर्छु
मर्नु भन्दा अगाडि म, तिमीलाई एक कल फोन गर्छु ।।२।।

तिमीले छोडी गएदेखि

तिमीले छोडी गएदेखि
अन्त माया लाको छैन
तिमीले तोडी गएदेखि
अरु कसम खाको छैन ।।

मन त थियो तिमीलाई
केबल आफ्नो बनाउने
कोमल तिम्रो मन जिती
तिम्रा ती हात समाउने ।।

डाको छोडेर रुन सकिन

भावना
उफ्रेरै भएनी धर्ती छोडेँ
तैपनि आकाश छुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।

चाहे जस्तो भएन जीवन
मायैँ मायाँको बिचमा बित्ने
मायाँमा हुन्न रै छ त्यस्तो
हराइ अरुलाई आफु जित्ने ।।
भाग्यले सायद ठगी दियो
चाहेर कसैको हुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।

मायाँमा कुनै कमी थिएन
सायद म मा नै खोट भयो
अरुको मायाँ त मलम हुन्थ्यो
आखिर मेरो चाँहि चोट भयो ।।
मायाँमा नराम्रो दाग लाग्यो
आँशु नै आँशुले धुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।

उफ्रेरै भएनी धर्ती छोडेँ
तैपनि आकाश छुन सकिन
एकोहोरो आँखा रसाइ रहे

संबिधान र शान्ति

संबिधानले शान्तिलाई लेखेको पत्रको एक अंश ः–

प्रिय शान्ति !

म तिम्रो उही संबिधान हुँ । चिन्यौ हैन ! तिम्रो बियोगमा म धेरै रोएँ । सायद तिमी पनि रोयौ होला, धेरै छट्पटायौ होला ? अझ म कति तड्पे हुँला ! तिमी अनुमान लगाउन पनि सक्दिनौ ।

भन्थिन् मेरी आमाले

भन्थिन् मेरी आमाले
कोही छोरा हुन्छन्
कोही मोरा हुन्छन्
कोही काला हुन्छन्
कोही गोरा हुन्छन्
भन्थिन् मेरी आमाले
हो ! मेरी आमाले त्यसै भन्थिन्।