पुस्कल पौडेल
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ
भाबना
खरानी भै उडी सकेँ, कसरी भनुँ नजलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।
म सँग गरेको तिम्रो प्रेम, रैछ सबै देखावटी
तिमीले देखाको सद्भाव, रैछ सबै बनावटी ।
आफैँ छली गयौ तिमी, भन्नै परेन छलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।
काट्दै नकाटी गिडिएँ, भन्नैपरेन काट
एउटा कुरा सिकेँ मैले, नाटक गर्न तिमी बाट ।
जलायौरे मेरा प्रेम पत्रहरु, भन्दै नभनी जलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।
खरानी भै उडी सकेँ, कसरी भनुँ नजलाउ
तिम्रो नजरमा अर्कै रैछ, म त भएछु काम चलाउ ।।
पुस्कल पौडेल (–––प्रतिक)
नसोच्नु तिमीलाई दाउ लाग्यो
भावना
सहनु मेरो बिबस्ता थियो, त्यसैले मुटुमा घाउ लाग्यो
पहिले जस्तो हुँदैन अब, नसोच्नु तिमीलाई दाउ लाग्यो ।।
मनोमानिको चरमविन्दु, पार गरी हिँड्यौ जब तिमीले
सोच्नु फेरी म मौन रहन्छु, गल्ति हुन्छ त्यो अब तिमीले ।।
हिजोका दिनमा मौन बसेँ, त्यसैले मुटुमा घाउ लाग्यो
पहिले जस्तो हुँदैन अब, नसोच्नु तिमीलाई दाउ लाग्यो ।।
महत्तोकांक्षाका सजायौ स्वप्न, गगन चुम्बी महल–हरु
… आफैंले आफुलाई राज ग¥यौ, मानिनौ मेरा पहल–हरु ।।
चोट लाग्दा तिमीलाई त्याँहा, आखिर यै मुटुमा घाउ लाग्यो
पहिले जस्तो हुँदैन अब, नसोच्नु तिमीलाई दाउ लाग्यो ।।
सहनु मेरो बिबस्ता थियो, त्यसैले मुटुमा घाउ लाग्यो
तर पनि मेरो आत्मा शुद्ध छ
निर्लज्ज यी आँखाहरु ! अझै हेर्न लालायीत छन्
निर्बस्त्र स्वरुप तिम्रो
छाडा यी हातहरु ! जती बाँधे पनि जुरमुराइ रहेछन्
पुग्न तिम्रा नितम्बमा
नितम्बमा जस्तै अझ यी हातहरु तीम्रा साँप्रा
सुम्सुम्याउन चाहन्छन्
छिल्लीएका यी ओठहरु चुम्न खोज्छन् हरेक
तिम्रा अंग प्रत्यंगमा
तर पनि मेरो आत्मा शुद्ध छ ………..
क्रमश……………
डाको छोडेर रुन सकिन
भावना
उफ्रेरै भएनी धर्ती छोडेँ
तैपनि आकाश छुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
चाहे जस्तो भएन जीवन
मायैँ मायाँको बिचमा बित्ने
मायाँमा हुन्न रै छ त्यस्तो
हराइ अरुलाई आफु जित्ने ।।
भाग्यले सायद ठगी दियो
चाहेर कसैको हुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
मायाँमा कुनै कमी थिएन
सायद म मा नै खोट भयो
अरुको मायाँ त मलम हुन्थ्यो
आखिर मेरो चाँहि चोट भयो ।।
मायाँमा नराम्रो दाग लाग्यो
आँशु नै आँशुले धुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
उफ्रेरै भएनी धर्ती छोडेँ
तैपनि आकाश छुन सकिन
एकोहोरो आँखा रसाइ रहे

पुराना बर्षहरूमा बग्यो धेरै रगतको खोला