(त्यो तिम्रो भुल थियो )
दु:ख नमान्नु मेरो कुरा
तिम्रो मनमा गडेछ भने
बोलाउनु मलाई सम्हाल्न
तिमीमा जवानी चढेछ भने ।
प्रस्ताब राख्दा मायाको
जवानी चढ़या छैन भन्यौ
एक्लै बाँच्न सक्छु माया
लाउनु पर्या छैन भन्यौ ।
घमण्डको तिम्रो पर्खाल
कहीँ कतै लडेछ भने
बोलाउनु मलाई सम्हाल्न
तिमीमा जवानी चढेछ भने ।
अझै सानै सोच्छौ कि कसो
आमा लाई सोध सत्र (17) कटिछौ
पछि रुदै बस्नु पर्ला है
अहिले पो यो दिलमा अटिछौ ।
दोषी त तिमी आफै हुन्छौ
तिम्रो जवानी सडेछ भने
बोलाउनु मलाई सम्हाल्न
तिमीमा जवानी चढेछ भने ।
दु:ख नमान्नु मेरो कुरा
तिम्रो मनमा गडेछ भने
बोलाउनु मलाई सम्हाल्न
तिमीमा जवानी चढेछ भने ।
पुस्कल पौडेल (—प्रतिक)
