Skip to content

हो अब चाहिँ मेरो पाल


समय बित्यो परिस्थिति फेरीयो
अझै सप्रेन तिम्रो चाल
दुःख दिन सम्म दियौ तिमीले
हो अब चाहिँ मेरो पाल ।। १ ।।

एकोहोरो बगीरहने सँधैं
जीवन कुनै खोला हैन
बेकम्माले कतै झुण्डेको
जीवन कुनै झोला हैन ।।
बग्नेछु बरु त्यसै लहरमा
आएपनि बगाउने कुनै छाल
दुःख दिन सम्म दियौ तिमीले
हो अब चाहिँ मेरो पाल ।। २ ।।

धेरै सम्झाएँ धेरै बुझाएँ
आखिर मेरो केहि लागेन
अनेकौँ कोषिस गर्दा पनि
तिम्रो भित्री आत्मा जागेन ।।
अडिग रहन्छु आफ्नै हटमा
सामना गर्छु आएमा काल
दुःख दिन सम्म दियौ तिमीले
हो अब चाहिँ मेरो पाल ।। ३ ।।

समय बित्यो परिस्थिति फेरीयो
अझै सप्रेन तिम्रो चाल
दुःख दिन सम्म दियौ तिमीले
हो अब चाहिँ मेरो पाल ।। ० ।।
पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *