Skip to content

अङगालोमा बेरी छुरा रोप्ने भेटेँ मायालु भन्नेहरू


ढुङगाको मुटु भन्छन् मेरो
निस्ठुर आफू बन्नेहरू
अङ्गालोमा बेरी छुरा रोप्ने
भेटेँ मायालु भन्नेहरू ।।

मैले पनि त्यस्ता धेरै भेटेँ
माया मल जल गरी बढाउने
गारो हुँदा अप्ठेरो पर्दा
धकेली भिरबाटै लडाउने ।।
साथ हिँड्दा आफैंले भेटेँ
औंलामा मायालु गन्नेहरू
अङगालोमा बेरी छुरा रोप्ने
भेटेँ मायालु भन्नेहरू ।।

मुटु दुखाई रुवाउने माया
जानी जानी लगाउँछन् किन ?
भर छैन त मायाको फेरि
छुट्टै संसार बनाउँछन् किन ?
मयाको पन्जा बाट फुक्ती
बचेका ती धन्य अरु
अङगालोमा बेरी छुरा रोप्ने
भेटेँ मायालु भन्नेहरू ।।

ढुङगाको मुटु भन्छन् मेरो
निस्ठुर आफू बन्नेहरू
अङ्गालोमा बेरी छुरा रोप्ने
भेटेँ मायालु भन्नेहरू ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *