दिउँसो सबैले देख् ने गरी,
सबैको मन चुडिने गरी । त्यसरी हैन !
रातको एकान्त पारी,
कसैले नदेख् ने गरी । यसरी आऊ ! यसरी आऊ !!
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !!!
सबैले देख् ने गरी हाल,
सबैले थाहा पाउने गरी चाल । त्यसरी हैन !
कसैले पनि नदेखुन् हाल,
थाहा पाउन त के !अनुमान पनि नगरुन् चाल । यसरी आऊ ! यसरी आऊ !!
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !!!
सबैले देख् ने गरी उफ्री–उफ्री,
फुर्केर तिमी फुर्की–फुर्की । त्यसरी हैन !
कसैले थाहा नपाउने गरी खुसुक्क,
कसैले चाल नपाउने गरी लुसुक्क । यसरी आऊ ! यसरी आऊ !!
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !!!
पुस्कल पौडेल (–––प्रतिक)
