पोखिन्छन् जब यहाँ
बिछोडका जहरहरू
पूरा हुन्छन अनि हाम्रा
ओठमा चुम्ने रहरहरू ।।
आँसुको तलाउ जमी
बन्दैछन् बाँधहरू
बैरी हुदैछन् यहाँ
टाउको लुक्ने छाँदहरू ।।
आँसुले बाँध फुटाई
भत्किनेछन् नहरहरू
पूरा हुन्छन् अनि हाम्रा
ओठमा चुम्ने रहरहरू ।।
दुबैमा बियोगको
प्रहरले छाएको छ
दुबै मिली त्यो प्रहर
तोड्ने बेला आएको छ ।।
टुट्नेछन् बियोगका
हाम्रा हर प्रहरहरू
पूरा हुन्छन् अनि हाम्रा
ओठमा चुम्ने रहरहरू ।।
पोखिन्छन् जब यहाँ
बिछोडका जहरहरू
पूरा हुन्छन अनि हाम्रा
ओठमा चुम्ने रहरहरू ।।
पुस्कल पौडेल (प्रतिक)
