Skip to content

यही मुटु पनि खाए हुन्छ


फुर्सद पायौ भने तिमीले
मलाई माया लाए हुन्छ
सबै खाई सक्यौ अबलाई
यही मुटु पनि खाए हुन्छ ।

तिम्रो जीवन पो लामो छ
सँधैं हाँसी खुसी नाँच्ने
आफ्नो जीवन त छोटो रैछ
सकिए अब दिन बाँच्ने ।
गल्ति अरुले गरेपनि
दोष मलाई लाए हुन्छ
सबै खाई सक्यौ अबलाई
यही मुटु पनि खाए हुन्छ ।

सबै गरी सकेछु मैले त
एउटा कुरा सिवाय मर्न
तिम्रो त होला अझै धेरै
यहाँ बसी केही गर्न ।
अन्तिम ईक्षा मृत्यु सैयामा
अब सुत्न पाए हुन्छ
सबै खाई सक्यौ अबलाई
यही मुटु पनि खाए हुन्छ ।

फुर्सद पायौ भने तिमीले
मलाई माया लाए हुन्छ
सबै खाई सक्यौ अबलाई
यही मुटु पनि खाए हुन्छ ।

(प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *