झुकेको त्यो नजर मन पर्यो
मिलेको त्यो अधर मन पर्यो
वसन्त झै हरियाली तिम्रो
लुकेको त्यो वहार मन पर्यो
झिलीमीली बत्ती चारैतिर
बलेको त्यो शहर मन पर्यो
सिंन्दुर पोते लगाउने चाहना
फुलेको त्यो रहर मन पर्यो
निश्चल संग्लो रहेछ भावना
बगेको त्यो नहर मन पर्यो
सनम गोले
मकवानपुर हाल मलेशिया
