Skip to content

तीन मुक्तक (ढल्किरहेछ, सिउने मन, कसरी सहनु)


१)
आँखामा आँसु छल्किरहेछ
मुटूमा आगो सल्किरहेछ
सोचे जस्तो भएन कहिले
व्यर्थमा जीवन ढल्किरहेछ ।

२)
बिषनै दिए पनि पिउने मन छ
तिमीसँगै जीवन जीउने मन छ
वर्षौपछि आज फेरि किन किन खै
टुक्रिएको मुटूलाई सिउने मन छ ।

३)
सिउँदोमा सिन्दुर रंगाको कसरी सहनु म
धगो काट्यौ मेरो चंगाको कसरी सहनु म
हुने नहुने कुरा गर्छन साथी संगी सबै
समाजले कुरा बंगाको कसरी सहनु म ।

सनम गोले
दामन, मकावनपुर
हाल मलेशिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *