Skip to content

यो सालको दशैं


खल्लो हुनेभो मेरो यो सालको दशैं
घर जान नपाईनेभो यो सालको दशैं ।

ढक्कमक्क फुल्योहोला सयपत्री फुल
माला गाँस्न नपाईनेभो यो सालको दशै ।

निधारमा रातो टिका जमरा फूल
छैन रहेछ लेखेको यो सालको दशैँ ।

बज्यो होला घरघरमा मालाश्री धुन
श्रवण गर्न नपाईनेभो यो सालको दशैँ ।

ईष्टमित्र कोही छैन बिरानोयो ठाँऊ
आँसू बगाऊँदै बित्नेभो यो सालको दशैँ ।

बाटो मेरो नहेरेहुन्छ हे आमा बाबा
दुखीमन नगर्नुहोला यो सालको दशैं ।

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *