Skip to content

किन रिसाकी


मबाट के भुल भयो तिम्लाई किन रिसाकी ।
आँखा तर्की हेर्छौ मलाई किन रिसाकी ।

तिमीले माग्छौभने प्राणनै दिनसक्छु म
सधैं सोच्छु तिम्रो भलाइ किन रिसाकी ।

चन्द्र जस्तो थियो मुहार बादलछायो किन
बोल्दै नबोली मुन्टो हल्लाई किन रिसाकी ।

अत्ति राम्रो सुहाउने थियो चंचले त्यो बानी
फुर्तीलो त्यो जीऊ गलाई किन रिसाकी ।

हिजोसम्म आफ्नै सोच्थ्यौ आज के भो र
मैले दिएको फोटो जलाई किन रिसाकी ।

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *