Skip to content

खोज्नु मझेरीमा


हराएछु कतैभने खोज्नु मझेरीमा
सधै आउने गर्छु म भेट्न मझेरीमा

हामी सबैको भेट हुने साझा चौतारी यो
तिम्रो पनि केही भए साट्नु मझेरीमा

हजारौँ भेट्नेछौ सिर्जनशील हातहरू
आफ्नो मनको भावना पोख्नु मझेरीमा

निराशालाई हटाई आशाको संचार गराउन
मिठामिठा गीत, कथा, कविता पढ्नु मझेरीमा

नाम चलेको सर्जकदेखि नवा प्रतिभासम्म
एकै थलोमा अटाउने रोज्नु मझेरीमा

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *