कस्ले मलाई हात दिन्छ ।
कस्ले मलाई साथ दिन्छ ।
आफ्नो भन्नेहरूले नै
पछाडिबाट लात दिन्छ ।
केही गर्न खोजे भने
टक्कर दिई माथ दिन्छ ।
माया सदभावको के कुरा
पाइला पिच्छे घात दिन्छ ।
उज्यालो लाई पुरै छेकी
अन्धकार कालो रात दिन्छ ।
सनम गोले
मकवानपुर हाल मलेशिया
