Skip to content

कल्पना राई

हात खुट्टा सग्लो भए (केही मुक्तकहरू)

  • by

हात खुट्टा सग्लो भए गरिब हुन्न कोही
जस्तो ज्ञानी भए पनि सरिफ हुन्न कोही
आफ्नो भाग्य भोग्नै पर्छ दरिलो बन्नु सधै,
खुशी लिन्छ दू:ख बाड्न सरिक हुन्न कोही ।

उन्को छायाँ बनी बाच्ने चाह

  • by

उन्को छायाँ बनी बाच्ने चाह युगौ-युगसम्म ल
मन्को चोखो माया गाँस्ने चाह युगौ-युगसम्म

दु:खै दु:ख झेल्दै कति हिड्नु एक्लो यात्री बनी?
भुली लाखौ पिर हास्ने चाह युगौ-युगसम्म

गहभरि संगाले सम्झनाहरू

गहभरि संगाले सम्झनाहरू झर्न दिइन
मरे आफैँ जिउदै चाहनाहरू मर्न दिइन

पीडा भयो बाहाना जिन्दगी बाँच्न एकबारको,
निको लाग्छ दर्द यो दुखाई कतै सर्न दिइन

यौटा वारि अर्को पारि

  • by

यौटा वारि अर्को पारि, कल्पिएको, देख्न नपरोस
कै’ले कोही मज्धारमा, अल्झिएको, देख्न नपरोस

खुशी मानी बाँचौ सबै पिरबाट धेरै टाढा रही,
मिठो स्वप्न बुन्ने आँखा छल्किएको देख्न नपरोस

सत्य लुक्दैन

  • by

तिहारको रमझम सँगै भाइटीका नजिकिदै गएकोले भाइ पुज्नका निम्ति चाहिने सामग्रीहरू किन्नका लागि तयार भएर माईक्रो चढी असनतिर लागें । काठमाण्डौको त्यो पनि असन बजार राम-राम पुरै मान्छे नै मान्छेले भरिएको रहेछ । कतै खुट्टा धरि राख्ने ठाउँ रहेन छ, तर के गर्नु आफ्नो काम त जसो तसो किनमेल गर्नु थियो । त्यही भएर अन्त ध्यान नदिई आफ्नो किनमेलको कामतिर लागेको मात्र के थिएँ ।

KalpanaRai-02

बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो

बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो
नगर्नु हत्या सुँगुर बाख्रा गाई उस्तै हो

छलेर आँखा छलिन्न कै’ले ध्रुब सत्य यो,
आदर गरे शिक्षक साथी भाई उस्तै हो

जगमा आउने जाने यात्री

  • by

जगमा आउने जाने यात्री हजार देख्दैछु
सन्तोक मर्दा आत्मा नै बेच्ने बजार देख्दैछु

मिलेर बस्छ अनेक जीव कमिलासम्म त्यो,
दलाल गर्ने मान्छेको ठुलो ब्यपार देख्दैछु

चाहाना बढ्छ समयसँगै मानिसहरूको,
मनको खाल्टो पुरिन्न कै’ले अपार देख्दैछु

परदेशबाट तिहार सम्झेर

  • by

परदेशबाट तिहार सम्झेर बिदा आयौ दाइ
पल्टनबाट हस्याँग फस्याँग गर्दै धायौ भाइ

उनेर माला पर्खेर बसेथेँ कुर्दै तिमीहरू,
आशिष दिन्छु ‘आँटेको पुगोस’ फूल टीका लाई

ओखर फोड्छु संघारबिचमा कष्ट फाल्न तिम्रा,
मनको खुशी सदैव आवोस आफैँ धाई-धाई

दर्शनपूर्ण सोचाई

दर्शनपूर्ण सोचाई पृथक अनि खास हुन्छ
अन्तरमनको शक्तिले समय पनि दास हुन्छ

पौरखी सधैँ तत्पर पौरख गर्न जहाँ पनि
चट्टान फोडी उसमा मूल भेट्ने आस हुन्छ

ढुंगा भए मुटु, कति जाति हुन्थ्यो

  • by

ढुंगा भए मुटु, कति जाति हुन्थ्यो
दुख्दा लाखौँ टुक्रा, न त छाती हुन्थ्यो ।

चल्ने भए समय, एकै नास् याहाँ,
न त बिझाउने, कालो राति हुन्थ्यो ।

शराब पिई जिउँदैछु

  • by

शराब पिई जिउँदैछु, नशाहरूमा नशा भरेर
फाटेको मन सिउँदैछु, नशाहरूमा नशा भरेर

लागेर बस्यो ओझेल याँ, खुशीका मिठा लहरहरू,
प्यालामा आशु पिउँदैछु, नशाहरूमा नशा भरेर

बुद्ध भारतमा जन्मेको, सरासर झुट हो

  • by

बुद्ध भारतमा जन्मेको, सरासर झुट हो ।
हाम्रो इतिहास गौरव, भारतको लुट हो ।

ढल्दा नेपालीको इज्जत, सरकार मौन भो,
गर्दा अनैतिक प्रचार, सोच्छु किन छुट हो?

मान्छेले मान्छे जिउदै जलाउँछ यहाँ

  • by

मान्छेले मान्छे जिउदै जलाउँछ यहाँ
नामर्द पनि, नामी कहलाउँछ यहाँ ।

सुद्धि, बुद्धि हराएका, अज्ञानी समाज,
जिउदै मानव पनि गलाउँछ यहाँ ।