Skip to content

दर्शनपूर्ण सोचाई


दर्शनपूर्ण सोचाई पृथक अनि खास हुन्छ
अन्तरमनको शक्तिले समय पनि दास हुन्छ

पौरखी सधैँ तत्पर पौरख गर्न जहाँ पनि
चट्टान फोडी उसमा मूल भेट्ने आस हुन्छ

“जीवनपछि मृत्यु छ” लालच त्यागौँ मोहसँग
आँतले गरे सन्तोक थोरैमा पनि रास हुन्छ

असल स्वच्छ बिचार जगमा बाँच्छ कर्म यौटा
त्यो कर्म मात्र नमर्ने अमर दुबो घाँस हुन्छ

हृदय खोली अनन्त निश्चल प्रेम बाँड्न सके
अनेक रुप ईशको मनुष्यभित्र बास हुन्छ

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

1 thought on “दर्शनपूर्ण सोचाई”

  1. अन्तरमनको शक्तिले समय पनि दास
    अन्तरमनको शक्तिले समय पनि दास हुन्छ
    अत्यन्त सुन्दर छ सिर्जना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *