Skip to content

जगमा आउने जाने यात्री

  • by


जगमा आउने जाने यात्री हजार देख्दैछु
सन्तोक मर्दा आत्मा नै बेच्ने बजार देख्दैछु

मिलेर बस्छ अनेक जीव कमिलासम्म त्यो,
दलाल गर्ने मान्छेको ठुलो ब्यपार देख्दैछु

चाहाना बढ्छ समयसँगै मानिसहरूको,
मनको खाल्टो पुरिन्न कै’ले अपार देख्दैछु

जीतको होड चलेको हेर हार्ने चै को छ र?
त्यो मृत्यु भन्दा अगाडी बढ्ने हतार देख्दैछु

बिचित्र लाग्छ नियाल्दा सबै अँधेरी उजेली,
“कल्पना”भन्दा बाहिर अर्कै संसार देख्दैछु

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *