यौटा वारि अर्को पारि, कल्पिएको, देख्न नपरोस
कै’ले कोही मज्धारमा, अल्झिएको, देख्न नपरोस
खुशी मानी बाँचौ सबै पिरबाट धेरै टाढा रही,
मिठो स्वप्न बुन्ने आँखा छल्किएको देख्न नपरोस
गए जाला ज्यानै बरु जिन्दगीको बाटो खन्दा-खन्दै,
कर्तव्यमा मुख छोपी पन्छिएको देख्न नपरोस
बाँचेसम्म खाने भात मारी लानु के पो छ र यहाँ?
निर्धो हेप्दै पुँजीवादी जंगिएको देख्न नपरोस
माया दिई माया लिनु जात धर्म यौटै मानिसको,
विवशतामा कोही चेली अन्मिएको देख्न नपरोस ।
कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया
