Skip to content

बुद्ध भारतमा जन्मेको, सरासर झुट हो

  • by


बुद्ध भारतमा जन्मेको, सरासर झुट हो ।
हाम्रो इतिहास गौरव, भारतको लुट हो ।

ढल्दा नेपालीको इज्जत, सरकार मौन भो,
गर्दा अनैतिक प्रचार, सोच्छु किन छुट हो?

बैरी जाग्दैछन छिमेक, दाजुभाई नमिल्दा,
यस्तै अराजक भएमा, मित्रतामा फुट हो ।

भाते मन्त्री नेताहरू हो, शरम गर थोरै त!
सद्दे तिमीहरू नहुँदा , प्रहार यो बुट हो ।

होऊ होसियार बिदेशी, चलखेलहरू हो
लड्न दुष्टसँग नेपाली, सदा एक जुट हो ।

कल्पना राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *