उन्को छायाँ बनी बाच्ने चाह युगौ-युगसम्म ल
मन्को चोखो माया गाँस्ने चाह युगौ-युगसम्म
दु:खै दु:ख झेल्दै कति हिड्नु एक्लो यात्री बनी?
भुली लाखौ पिर हास्ने चाह युगौ-युगसम्म
स्वच्छ माया सामु तुच्छ लाग्छ नदी ताल पनि,
त्यही माया थोपा साच्ने चाह युगौ-युगसम्म
बिश्व अट्ने मन्को मन्दिरमा यौटा चिनो प्रेमको,
अजम्बरी बिम्ब टाँस्ने चाह युगौ-युगसम्म
अनगिन्ती चोला फेर्न पाए धर्तीमाथी जन्मी!
त्यही न्यानो काखमा मास्ने चाह युगौ-युगसम्म
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
