मनको माया अन्तै थमाएर आएँ
अथाह पीडा भित्रै दबाएर आएँ ।
सपना बुन्दै बर्षौ बितेर गएछ,
पलमै दिब्य चाह गुमाएर आएँ ।
फलाम हैन मन मेरो पनि बुझ,
बगेको आँशु-दह जमाएर आएँ ।
सकिन तिता मिठा क्षणहरु भुल्न,
रगत धारा आफ्नै बगाएर आएँ ।
नसोध दुख्छ कति वियोगमा छाती,
उनैको खुसी सम्झी रमाएर आएँ ।
निस्वार्थ माया त्याग बलिदान हुन्छ,
हुदैन स्वार्थ भनि बताएर आएँ ।
“कल्पना राई”
