कल्पना राई
आत्मग्लानि(कठै पुतली)
निद्रा कहिले आफ्नो कहिले पराईको हुँदो रहेछ रत अस्ति यही आँखामा झपक्क हुने मिठो निद्राको आज अत्तो पत्तो छैन, पुस्तक पढ़म आँखाले साथ दिन छोडेको छ, गीत सुनम अँझ फ्रेस हुन्छु ।
अँध्यारो कोठा चारैतिर सुनसान छ, हातमा एउटा मोबाइल सेट त्योभन्दा बढी अरु केही छैन, यही मोबाइल खोल्यो उज्यालो प्रकाश आफ्नै अनुहार भरि पोखिन्छ । यही उज्यालो देखेर होला सायद कोही मेरो नजिक हुन खोज्दैछ, मलाई दिक्क लाग्छ, आफूसँग नजिकिने हरेक चिजबाट सायद यही बितृष्णाको शिकार यो अबोध “पुतली” हुँदैछे क्यार ।
परदेशी छोरीको चिट्ठी
आदरणीय आमा,
परदेशी छोरीको साष्टांग दण्डवत !
पत्रको सुरुवात आफू निको रहेर, हजुरहरूको आराम, कुशलता र स्वास्थ्यको कामना गर्दै कोर्दैछु !
निश्चिन्त रहनुहोस, आमा यहाँ सबै निको छ, प्रवाशको यो बसाइ जति नै निको र राम्रो भने पनि किन किन यहाँको भूमिले मन जित्न सक्दैन रहेछ, प्रकृति जति नै सुन्दर र आकर्षित भए पनि मन अल्झ्याउन सक्दैन रहेछ, आमा … ।
भूकम्पको धक्का नेपाललाई, राजनीतिको धक्का नेपालीलाई
आज दिउसो खाना खाने समयमा हामी नेपाली कामदारलाई हाम्रो देश नेपालको हालको परिस्थिति बारे कम्पनीको म्यानेजरले सोध्यो। हामी मौन रह्यौ। कारण हामी नेपाली भएको हैसियतले जुन पीडा र व्यथा हाम्रो हृदयमा छ त्यो न बोलेर भन्न सकिन्थ्यो न खुलेर बताउन सकिन्थ्यो न त हाम्रो आँखामा मनको वेदना अरु विदेशीले बुझ्न नै सक्दथ्यो। त्यो पनि यस्तो महाभूकम्पमा महाविपतिको यो बेला जब हजारौ हाम्रो आफन्तले अकालमा ज्यान गुमाउनु परेको छ, हजारौ बालबालिका अनाथ भएका छन्, हजारौ घरबार बिहीन भएका छन भने हजारौले अंगभंग हुनु परेको छ, यस्तै कुरा मनमा गुनिरहदा एक्कासि म्यानेजरको एउटा प्रश्न र हाम्रो देश प्रतिको उसको दृष्टिकोणले म स्तब्ध भएँ।

एकाबिहानै पूर्वको क्षितिज स्वर्णिम भएर