कल्पना राई

बानी

एकदिन गुराँसलाई भनेँ,
“तिमी अब तराईमा फुल्नु पर्छ”
उस्ले न्यास्रो हुँदै भनी …
लेकका तीन जुरे भिरहरूमा फुल्ने बानी परेको छ ।
कसरी सकुँला र मुस्काउन त्यो तराईको फाँटहरूमा?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पार्टीको प्रमाणपत्र

ऊ बालक हुन्जेल बाउआमा कजाएको थियो
तन्नेरी हुँदै गयो
प्रेमको आवरणमा तरुनीहरू फसाउदै गयो
जीवनको मध्ये भागमा अवतरण गर्दै
बाँधियो एउटा बन्धनमा
बनेर रोबर्ट उत्पादन गर्यो हुबहु आफ्नै विम्बहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उनी र सपना

सपनीभरि आउनुको के अर्थ
एकाग्र तोडेर अमुर्त केही पठाउनुको के अर्थ
म आफ्नो भूगोल छेकेर बसेको मान्छे
तिमी आफ्नो परिधी नाघेर चिहाउनुको के अर्थ

मेरो प्रेमील आशक्ति इज्जतको दलदल बनेपछि
डुँडो समाजको कट्घरामा उभ्याइने सन्त्रास
शरीरको कोष-कोषमा बीस जसरी फैलेपछि
लत्याएकी एक पात्र हुँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन, कोरिया र आत्महत्या

मान्छेले किन मृत्युको बाटो रोज्छ ? जब कि एउटा कमिलाले टोक्दा आ…ईया ! भन्ने मान्छे | एउटा काँडाले घोच्दा मात्र पनि अतालिने मान्छे तर किन मान्छेले जीवनको थोरै असहज मोड आउने बितिकै सहज तरिकाले आफ्नै देहको हत्या गर्न तयार हुन्छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आत्मग्लानि(कठै पुतली)

निद्रा कहिले आफ्नो कहिले पराईको हुँदो रहेछ रत अस्ति यही आँखामा झपक्क हुने मिठो निद्राको आज अत्तो पत्तो छैन, पुस्तक पढ़म आँखाले साथ दिन छोडेको छ, गीत सुनम अँझ फ्रेस हुन्छु ।

अँध्यारो कोठा चारैतिर सुनसान छ, हातमा एउटा मोबाइल सेट त्योभन्दा बढी अरु केही छैन, यही मोबाइल खोल्यो उज्यालो प्रकाश आफ्नै अनुहार भरि पोखिन्छ । यही उज्यालो देखेर होला सायद कोही मेरो नजिक हुन खोज्दैछ, मलाई दिक्क लाग्छ, आफूसँग नजिकिने हरेक चिजबाट सायद यही बितृष्णाको शिकार यो अबोध “पुतली” हुँदैछे क्यार ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पैसा

मान्छे चिन्ने र चिनाउने यही पैसा रहेछ
सलाम ठोकाउने पैसा रहेछ
झुकेर ढोगाउने पनि पैसै रहेछ
मुखको मिठो बोली पनि पैसा रहेछ
व्यवहारको तितो पनि पैसै त रहेछ नि!
हो!आज बुझ्दैछु सर्वे सर्वा पैसा रहेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारी र डर

अमुर्त बोध जो मुटुको पिंधमा हुन्छ
जति निकालेर फाल्न खोजौ
भोकाएको जुका जस्तै आँतमा टाँस्सिरहन्छ
र चुसिरहन्छ
खुशीको परागहरू
हर्षका पलहरू
उमंगका अमृत रसहरू
कदाचित यसैलाई डर भनिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेरोजगार

सडक छाप एक बेरोजगार हुँ म
जो रोजगारको लागि गरेक दिन सडकदेखि सदनसम्म चहार्छ
बद्लामा पुरानो गोल्ड स्टार जुत्ता खियाउँछ
भिर्ने झोलाले काँध थकाउँछ
मुखबाट पिएको पानी शिरबाट चुहाउँछ
अनि,
प्रियले दिएको रुमालले सरक्क पसिना पुछेर
चौतारीमा लामो सुस्केरा तान्दै टोलाउछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परदेशी छोरीको चिट्ठी

आदरणीय आमा,
परदेशी छोरीको साष्टांग दण्डवत !

पत्रको सुरुवात आफू निको रहेर, हजुरहरूको आराम, कुशलता र स्वास्थ्यको कामना गर्दै कोर्दैछु !

निश्चिन्त रहनुहोस, आमा यहाँ सबै निको छ, प्रवाशको यो बसाइ जति नै निको र राम्रो भने पनि किन किन यहाँको भूमिले मन जित्न सक्दैन रहेछ, प्रकृति जति नै सुन्दर र आकर्षित भए पनि मन अल्झ्याउन सक्दैन रहेछ, आमा … ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KalpanaRai-04

मेरो कवितामा तिमी छौ

तिमीलाई सम्झेर कविता लेख्नु को मज्जा नसोध
तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध
नसोध तिमी कविताका भाव
नसोध गजलका शेरहरू
जो तिमीमा समर्पित छन
जो तिमीमा समाहित छन
जो तिमीद्वारा शृंगारिक छन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूकम्पको धक्का नेपाललाई, राजनीतिको धक्का नेपालीलाई

आज दिउसो खाना खाने समयमा हामी नेपाली कामदारलाई हाम्रो देश नेपालको हालको परिस्थिति बारे कम्पनीको म्यानेजरले सोध्यो। हामी मौन रह्यौ। कारण हामी नेपाली भएको हैसियतले जुन पीडा र व्यथा हाम्रो हृदयमा छ त्यो न बोलेर भन्न सकिन्थ्यो न खुलेर बताउन सकिन्थ्यो न त हाम्रो आँखामा मनको वेदना अरु विदेशीले बुझ्न नै सक्दथ्यो। त्यो पनि यस्तो महाभूकम्पमा महाविपतिको यो बेला जब हजारौ हाम्रो आफन्तले अकालमा ज्यान गुमाउनु परेको छ, हजारौ बालबालिका अनाथ भएका छन्, हजारौ घरबार बिहीन भएका छन भने हजारौले अंगभंग हुनु परेको छ, यस्तै कुरा मनमा गुनिरहदा एक्कासि म्यानेजरको एउटा प्रश्न र हाम्रो देश प्रतिको उसको दृष्टिकोणले म स्तब्ध भएँ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KalpanaRai-03

प्रलय

बिना कारण चसक्क चसक्क दुखिरहेछ छाती
थाहा छैन कस्तो पीड़ा बोध भइरहेछ
मात्र एउटा समाचार सुनेको त थें नि !
भर्खर फेरि हल्ला सुन्दैछु
चारतिरबाट चिथोर्न थाले अरे
गिद्धले सिनो लुछे जसरी
लुछन थाले अरे मेरी आमाको आँतलाई
सायद त्यसैले पो दुखेको हो कि ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झल्को

एकाबिहानै पूर्वको क्षितिज स्वर्णिम भएर
मेरो झ्यालको कुना काप्चाबाट मलाई चिहाउछ
अनि, सुस्तरी सुम्सुम्याएर एउटा आभास दिलाउछ
मन फुरुंग भएर मुस्काउछु
बन्द नयनमा एउटा सुन्दर प्रतिविम्ब आउछ
औंसीको रात जून पोखिए जसरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दरता

मीठा लाग्छन प्रेमिल अनुभूतिहरू
अँझै मीठा लाग्छन सम्झनाका लहरहरू
कल्पनामा कुंदेर आफैलाई क्लियो पेट्रा सम्झदा
मोनालिसाका मन्द मुस्कान ओठमा च्यापेर
उमंगका छालहरूले पराकाष्टा नाघ्दछ
मानौ संसारमा एउटा केही सुन्दर छ भने त्यों “म”हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रावण

फेरि आयौ है ! श्रावण
झम झम झरी दर्काएर
डाँडा पाखाको यौवन फर्काएर
प्रकृतिको सौन्दर्य लर्काएर आयौ अरे
फेरि आयौ है ! श्रावण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा

एक थोपा “म”
अस्तित्व बिहीन मेरो पहिचान
नौ महिनासम्म निरन्तर
आफ्नै ढुकढुकिको कंम्पन्नले
स्वर्ग रूपी गर्भको चौतारीमा ओथारेर
ममताको स्पर्शहरूले पटक पटक
ओल्टाई कोल्टाइ ……ओथार्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हावासँग जुध्न खोजें

हावासँग जुध्न खोजें आफै उड्ने डर भयोl
जड्याहाको जिन्दगानी घर न त थर भयो

एक जुनी बाँच्न यहाँ सयौ पल्ट मर्नु पर्दा,
एक मुठी स्वास चल्ने न त कुनै भर भयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलियुग

जमाना बद्लिएछ नि!
प्रकृतिले पालुवा फेरे सरि
अपेक्षित युगले कहिले हो कहिले आफैलाई नङ्ग्याइसकेछ
शिशिरमा नाँगिएको कंकाल रूखहरू जस्तो
आफैलाई सर्वांगै नाङ्गो पारेर
नग्नताको प्रदर्शन ठाउँ ठाउँबाट
नयाँ नयाँ स्वरुप फेरर प्रदर्शित छन
के तपाईलाई थाहा छ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •