परदेशबाट तिहार सम्झेर बिदा आयौ दाइ
पल्टनबाट हस्याँग फस्याँग गर्दै धायौ भाइ
उनेर माला पर्खेर बसेथेँ कुर्दै तिमीहरू,
आशिष दिन्छु ‘आँटेको पुगोस’ फूल टीका लाई
ओखर फोड्छु संघारबिचमा कष्ट फाल्न तिम्रा,
मनको खुशी सदैव आवोस आफैँ धाई-धाई
शिरमा टोपी हातमा मिठाई उपहार दिन्छु,
थाकेको देह आराम गरेस सेल रोटी खाई
बाँडेर खुशी जीवन बितोस हामी माझ सधैँ,
भेटेर साथी तिहार मान्नु है देउसी भैलो गाई
कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया
