इन्तजार भयो ठूलो एयरपोर्टमा
समयता गयो ठूलो एयरपोर्टमा
वाकीटकी बोक्दै आइन् सुनदाँते नानी
सम्यक्ता नै रह्यो ठूलो एयरपोर्टमा
चाल तिन्को अति मस्त सुस्त पद चल्ने
मन मोहित छ यो ठूलो एयरपोर्टमा
जहाजमा पुर्याउन सँगै सँगै गइन्
मनपीर सह्यो ठूलो एयरपोर्टमा
जहाजले भूइँ छाडो आकाशिन लाग्यो
मन चुडिलयो ठूलो एयरपोर्टमा
