युवा जोडी सिरकभित्र पसे जवानीमा
सारा रात बिताए छन् आफ्नै कहानीमा
बुढा बुढी गनगनी आफ्नै बुढौतीमा
छोरा चाँही डुब्न थाल्छ आफ्नै भवानीमा
बुढाबुढी डुब्नै थाले सम्झी भावी नाति
संसारको कर्म थलो अड्ने कमानीमा
बुहारीले दैलो पोतो गर्ने याम टल्यो
पत्रकारी समचार पुग्यो राजधानीमा
गाउँभरि थाहालाग्यो जवानीको काम
यस्तै यस्तै हुन्छ हेर ठूलो खानदानीमा
