Skip to content

सदानन्द अभागी

मनमनको गुनगुन

  • by

लामो समयसम्म सरकारी जागीरमा जीवन बिताउनु भएका कविवर श्री चिरञ्जीबी सिग्देलजी मेरो निकटम गाविसका निवासी र प्रिय मित्र पनि हुनुहुन्छ । उहाँ साहित्यमा रुचीराख्ने व्याक्ति हुनुहुन्छ जस्तो लाग्दैनथ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४औं लक्ष्मी जयन्ती मनाउने तरखरमा हामी जुटीरहेका अवस्थामा उहाँ पनि साहित्यिक जमघटमा रमाउने तरखरमा हुनुहुँदो रहेछ र मलाई उक्त अवसरमा सहभागी हुनको लागि बोलाउनु भयो । यही २०६९साल कार्तिक २८ गते पूर्ब र बहालवाला कर्मचारीहरुलाई जमघट गराएर लक्ष्मी जयन्ती मनाउने र नवलपरासी जिल्लामा एउटा साहित्यिक संस्थाको स्थापना गर्ने भनि मलाई बोलावट भयो । म आफ्नै कार्यक्रममा व्यस्त भएकोले उहाँको आग्रह स्वीकार्न सकिन तर मेरो आग्रहमा उहाँले लक्षीस्मृति साहित्य समाजको कार्यक्रममा उपस्थिति जनाउनु भयो र आफ्नो साहित्यिक जमघटको सुभकार्यमा जुट्न बिदा लिनुभयो ।

बादलका बुट्टाहरू गजलसङ्ग्रहको संक्षिप्त विवेचना

  • by

बादलका बुट्टाहरू गजलसङ्ग्रहका रचनाकार हुनुहुन्छ गजलकार कैलाशकुमार पाण्डे । पाण्डेजीको जन्म बि.सं. २०३० साल बैशाख २८ गते शीर्ष ५, थपला डडेलधुरामा भएको थियो । उहाँको पिताको नाम महेन्द्रदत्त पाण्डे र माताको नाम मनुदेबी पाण्डे हो । पाण्डेजीले राजनीति शास्त्र र समाज शास्त्रमा स्नातकोत्तरको डिग्री हाँसिल गर्नु भएको छ । उहाँको जीवन राजनीति, समाजसेवा, गजल, गीत, कविता, मुक्तक लेखनको साथसाथै विभिन्न पत्र पत्रिका सम्पादनमा समेत समर्पित भएको पाइन्छ । उहाँ विभिन्न संघ–संस्थाहरूमा राजनीति र समाज सेवामा आवद्ध हुनुको साथै साहित्य प्रतिष्ठान डडेलधुरा, समैजी युवा परिचालन केन्द्र डडेलधुरा र जोगबुडा जनपुस्तकालयको अध्यक्ष, प्यास गजल पत्रिकाको आजीवन सदस्य हुनुको साथसाथै आँकलन सप्ताहिक, डडेलधुरा, सौरभ मासिक २०५२, धनगढी, अमरगढी एक्प्रेस सप्ताहिक–२०५५, डडेलधुराको सम्पादन समेत गर्नु भएको छ ।

नवलपरासीको गजल प्रवाह -२०६९को सङ्क्षिप्त विवेचना

  • by

१०४ औं लक्ष्मीजयन्तीको अवसर पारेर गजल प्रवाह नवलपरासीले ‘गजल प्रवाह -२०६९ नवलपरासी, नवलपरासी जिल्लाका गजलकारहरूको खोजमूलक साहित्यिक अनुसन्धात्मक कृति’ दिनेश बस्यालको सम्पादनमा, प्रकाशन गरेको छ । यस गजलसङ्ग्रहको संरचना नियाल्दा प्रतिनिधि गजल भनि डा. घनश्याम न्यौपाने, खगेन्द्र प्रसाद बस्याल, गोविन्दराज विनोदी, स्व. रमेश हरिलठ्ठक स्व. शंकर पन्थी “ज्योतिविन्दु” र विष्णुमाया विभू गरी ६वटा गजल स्रष्टाहरूको साथै ४१जना गजल स्रष्टालाई समेटेको देखिन्छ । कृति सय पृष्ठको छ । प्रकाशन गजल प्रवाह, नवलपरासीले गरेको छ ।

पाँच मुक्तक (रगत देशमा धेरै बग्यो)

  • by

रगत देशमा धेरै बग्यो

रगत देशमा धेरै बग्यो अझै रगत नखोज भो
देशमा शान्ति चाहिएको छ संघर्ष–पथ नरोज भो
सत्यकर्म सत्यबोली आकर्षणको हो महान शक्ति
गोलाबारुद त्रासादिमा कहाँ कस्को के मोज भो

प्रेम सागर तर्ने

प्रेम सागर तर्ने भए बनाइदिन्छु पुल कान्छी
प्रेम हार लगाइदिन खोजेको छु फूल कान्छी

शरीर तिम्रो लम्चिलो पुष्ट पुष्ट गाला तन
सुन्दरतामा झुम्मिएको भमराको हूल कान्छी

हृदयको मन मन्दिरमा तिम्रो पूजा गरें मैले
तिम्रा पछि अनेक देख्दा उठ्न गयो शूल कान्छी

सुन्दरताको खोजी गर्दा

  • by

सुन्दरताको खोजी गर्दा सुन्दर मिल्छ फूल सानु
पार लाउन गाह्रो रैछ मन मन्दिरको पुल सानु

हो जति सराब पिए पनि पियास मेटिदैन हेर
प्रेम सागर हो यो संसार सयलमा झुल सानु

संञ्चितकर्म छाडीधर्म हुन्न पियास मेट्न कहीं
कसै छाड्न हुन्न खोजीगर्न पवित्र त्यो मूल सानु

साहित्यिक यात्रामा लीला

  • by

किताप ‘साहित्यिक यात्रामा लीला’को सम्पादन भगवती अर्याल (पाण्डे)ले गर्नु भएको छ । प्रकाशन नारी साहित्य समाज नवल परासीले गरेकोछ । यो कृति आवरण सहित २३६पृष्ठको छ । यसको मूल्य २४५/– रु छ । यो किताव २०६७मा प्रकाशनमा आएको हो । प्रकाशकीय शीर्षकमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा(श्रेष्ठ) लेख्नु हुन्छ –

लेख तिमी आँफै मनका वेदनाहरू
फुलाऊ भावका गुच्छा बनेर पुस्पका तरु
गर अक्षरका खेती छ लीला शुभकामना
तिम्रा अक्षरमा लीला बोल्नेछन् राष्ट्र भावना

नैतिकवान

  • by

नैतिकवान लड्दा खेरि हार्नु पर्दैन जेठा
मोहनीको मन्त्र सुनाई खार्नु पर्दैन जेठा

मातृपूजा पितृपूजा जिउँदो छँदै गर्दा राम्रों
आडम्बरी वरखी हामी बार्नु पर्दैन जेठा

प्रेम गरौं सँगै बसौं शुद्ध भाव धारणमा
यो सुद्धताको माया प्रेम मार्नु पर्दैन जेठा

कष्टकर लामो युद्ध

  • by

कष्टकर लामो युद्ध लड्न सम्म लडे
मद तिन्मा अति मस्त बढ्न सम्म बडे

रगतको खोला बग्यो घर भयो नाङ्गो
आतङ्कको धुरी माथी चढ्न सम्म चढे्

आज तिनको गर्जन सिंह सरि भयो
पीडितका दर्द तन डढ्न सम्म डढे