पुष्पमुना बोलाउँदा भाग्ने पर पर
मलजल राखिदिन्छु आऊ वर वर

मायामा नै यो संसार अडेको छ हेर
प्रेम गर छाती भर विशाल छ घर

तिम्रो वाणी सुन्यो भने शान्त हुन्छ मन
जति आफ्नो सम्झे पनि बैगुनी त नर

शयनको लागि मैले खोलि दिएँ दिल
तिम्रो वास दिलभित्र दिलै सररर

मिलनको बेला हो यो आफू भित्रै लुकौ
दुर्ई आत्माको मिलन मान्नु छैन डर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *