Skip to content


अहंकारी जीवधारी हस्तक्षेपी हात
घमण्ड र अहम्ताले देखाउने मात

मदमस्त हात्तीसरि प्रदर्शित फूर्ति
सूर्य जस्तो प्रचण्डता भूलिदिन्छ रात

पृथिवीको गोलो चक्र गतिशील पथ
प्रगतिको पथलाग्दा बार हुने सात

दिन रात मास बर्ष ऋतुराज समेत
यिनै पर्व मान्दा मान्दै दुख दर्द खात

आफू आफै महान् ठान्नें छैन विवेकता
सोच्न हुन्न सर्बश्व हो खान मात्रै भात

Leave a Reply

Your email address will not be published. Required fields are marked *