आतङ्क छ संसारमा कति खानु गोली
खेलेका छन् संसारमा रगतको होली
जपिन्छन् है मौनतामा राम कृष्ण हरि
आतङ्क छ आत्मसात् निस्किदैन बोली
पूजा हुन्छ यत्रतत्र शान्ति कामनाको
कामनामै शान्तिसुधा निक्लिएन घोली
शान्ति स्वस्ति विगार्नमा नाइके छन् धेरै
आज तिनकै गोली बोली कस्तो हुन्छ भोली
समस्याको पहिचान नाइकेमा छैन
चिन्ता बन्यो चितासम्म पुर्याउने डोली
