Skip to content


आलश्य र नैराश्यले तलतिर तान्छ
सतकर्मी बनेपछि लक्ष्यतिर जान्छ

पसिनाको कमाइमा कसले गर्ने दावा
मेहनती पुरुषले सुधाफल खान्छ

देश दुख्दा छाती दुख्छ राष्ट्रप्रेमी भाव
राष्ट्रप्रेमी नरलाई ईश्वरले मान्छ

बल्छ ज्योति फल्छ मोती श्रमजीवी कहाँ
युगौंसम्म धर्मपथ श्रमजीवी धान्छ

सत्य मर्त्य स्वर्ग लोक रैछ आफ्नै छाती
पसिना हो कल्पबृक्ष श्रमजीवी ठान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *